विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष २०७९÷८० मा सहकारीले ५९ लाख ७४ हजार २ हजार ५९ रुपैयाँ करपछिको खुद नाफा गरेको जानकारी गराएको हो ।
१ हजार ३ सय ७० पुरुष र १ हजार २४८ महिला सदस्य गरी २ हजार ६१८ शेयर सदस्य रहेको सहकारीको शेयर पूजी आर्थिक वर्षमा १ करोड २० लाख ८७ हजार ३ सय रुपैयाँ रहेको सहकारीका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । सहकारीको निक्षेप संकलन १४ करोड ७४ लाख ८ हजार १५३ रुपैयाँ, ऋण लगानी १४ करोड ३८ लाख, ऋण असुली १२ करोड ३७ लाख र बाह्य ऋण १२ लाख ७५ हजार रुपैयाँ रहेको सहकारीका अध्यक्ष साहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेखछ । सहकारीको ब्याज आम्दानी २३ लाख ४७ हजार ३१ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।
सहकारीको वार्षिक साधरणसभाको अवसर पारेर संचारकर्मी चीना थापालाई पनि नगदसहित सम्मान गरेको छ । सहकारीको क्षेत्रमा उल्लेखिनय योगदान पु¥याएको भन्दै थापालाई सम्मान गरेको हो । यसैगरी क्रिकेट खेलाडी ललित राजवंशी, राष्ट्रिय महिला कबडडी खेलका कप्तान मेनुका कुमारी राजवंशी, फुटबल खेलाडी बुद्धिमान राईलाई पनि सम्मान गरियो । यसैगरी सहकारीले १० जना उत्कष्ट बचतकर्ताहरुलाई सम्मान गरेको छ । १० जना उत्कृष्ट ऋणी, चार जना उत्कृष्ट कर्मचारी, एक दशक काम गर्ने ३ जना कर्मचारी, रक्तादान गर्ने ८ जनालाई सम्मान गरियो । यसैगरी स्नातक तहमा बी प्लस ल्याउने सुरज कुमार रायलाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरियो ।
सम्मानित भएका व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद योगेन्द्र कुमार मण्डल, जहदा गाउँपालिका अध्यक्ष जितु साहलगायतले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै संघीय सांसद मण्डलले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीले ठूलो भूमिका खेलको बताए । ग्रामिण क्षेत्रमा आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...
विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...
काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।...
चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...
काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज...
काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...
विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...