विराटनगर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । आज ब्युँझनुहुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
विराटनगर, बैशाख ६–प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक...
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै...
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटन गर्दै यस्तो बताएका...
काठमाडौं, ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...
विराटनगर, चैत २८–प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि मोरङको कटहरी गाउँपालिका–६ मा खुसी छाएको छ । कटहरी गाउँपालिका–६ नं. वडाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने यस्ता...
सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...