मापसे गरेर एम्बुलेन्स चालकको विराटनगरमा आतंक, चार वटा सवारीलाई दिए ठक्कर
बुधबार, ०६ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरको हस्पिटल चोकमा मादक पदार्थ सेवन (मापसे) गरी एक जना एम्बुलेन्स चालकले आतंक मच्याएका छन् । मोरङको रतुवामाइ नगरपालिका – ५ का वर्ष २९ का सुफल मुर्मुले मापसे सेवन गरेर मंगलबार राती चलाएको एम्बुलेन्सले आतंक मच्याएको हो ।
लायन्स क्लब अफ विराटनगरको नाम लखेको को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मुर्मुले मापसे गरेर चलाएको एम्बुलेन्सले चार वटा सवारी साधनलाई ठक्कर दिएका छन् । कोशी हस्पिटल अगाडी मुर्मुले चलाएको एम्बुलेन्सले तिव्र गतिमा दौडाएर पार्किङमा राखिएको दुई वटा स्कुटर, दुई वटा मोटसाइकल र एउटा साइकल ठक्कर दिएका थिए । एम्बुलेन्सको ठक्करबाट स्कुटर र मोटसाइकल पूर्ण रुपमा क्षति भएको छ । विराटनगरका औषधी व्यवसायी विजय राजवंशी र लक्ष्मण माझीको स्कुटर र मोटरसाइकलमा क्षती पुगेको हो । पार्किङमा राखिएको सवारी साधनलाई ठक्कर दिएपछि मुर्मुले चलाएको एम्बुलेन्स विराटनर ९ श्याम घिमिरेको घरको सटरमा ढोकीएर पल्टिएको छ ।
दुर्घटनामा परेको एम्बुलेन्सबाट मानवीय क्षति भने नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । ‘मापसे गरेर चलाएको एम्बुलेन्स दुर्घटनामा परेको छ । हामीले रातीनै एम्बुलेन्सको चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छौं,’ उनले भने, ‘थप कारवाहीको प्रक्रिया मोरङ प्रहरीले गर्नेछ ।’
काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...
झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...
विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर रक्तादन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको ट्राफिक चोकमा मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।कोशी...
पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...
विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...
विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...
काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...