काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

 न्यूज विराट
काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ ।

तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो । सशस्त्र वन सुरक्षा सलकपुरको टोलीले शनिबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचाबाट चोरी–तस्करी भएर टिपरमा लोड भएको ठूलो परिमाणको सालको काठ बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको छ ।

सशस्त्र वन सुरक्षाको टोलीले केराबारी गाउँपालिका–९ र सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने लोहन्द्रा केराबारी साझेदारी वनबाट चोरी तस्करी भएर आएको पाँच वटा टुना ३८.९६ क्युफिट सालको काठ सुन्दरहरैँचा–१ हरैँचाबाट बिहान १ बजे बरामद गरिएको सव–डिभिजन वन कार्यालय सलकपुरका सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए । टुना बोकेको को।१ ख ४४२८ नम्बरको टिपर र सुन्दरहरैँचा–१ हरैँचास्थित नेहा स–मिलका सञ्चालक विन्धेश्वर साहलाई पनि नियन्त्रणमा लिएको वन अधिकृत माझीले जानकारी दिए ।

बरामद गरिएको सालको काठ चोरी तस्करी गरी काठ मिलमा ल्याएपछि पक्राउ गरिएको उनले बताए । ‘राति जङ्गलमा टिपर लगेर काठ चोरी–पैठारी गरिएको पाइएको छ । शुक्रबार राति ९ देखि १० बजेतिर टिपरमा काठ लोड गरेपछि हामीलाई विशेष सूचना आएको थियो । हामीले फलो गर्दै मिलमा अनलोड गर्दैगर्दा टिपर र मिल सञ्चालकलाई नियन्त्रणमा लिन सफल भएका छौँ’ वन अधिकृत माझीले भने, ‘टिपर चालक फरार भएका छन् । हामीले खोजी कार्य तीव्र बनाएका छौँ ।’ वनको काठ चोरी–पैठारीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने डिभिजन वन कार्यालय मोरङका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘अहिले मिल सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । वनको काठ चौरी–पैठारीमा संलग्न सबै कारबाहीको दायरामा आउनेछन् । अहिले अनुसन्धान भइरहेको छ’ उनले भने, ‘थप अनुसन्धानपछि संलग्न सबै कानूनी फन्दामा पर्नेछन् ।’ मिल सञ्चालक साह पक्राउ परेपछि डिभिजन वन कार्यालयले मिल पनि शिलबन्दी गरी अनुसन्धान सुरु गरेको बताएको छ । ‘अनुसन्धानको प्रक्रियाभरि यो मिल सञ्चालन हुने छैन’ उनले भने, ‘अनुसन्धान प्रक्रिया पूरा गरेपछि अहिले गरिएको शिलबन्दी खुल्नेछ ।’

पक्राउ परेका मिल सञ्चालकलाई डिभिजन वन कार्यालयले वन ऐन अन्तर्गत मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ । पछिल्लो समय वनरक्षकहरूको अभावका कारण पनि केराबारी, सुन्दरहरैँचा, बेलबारी र कानेपोखरी क्षेत्रको वनबाट काठ तस्करी बढ्दै गएको पाइन्छ । तस्करहरूले काठ मिल र फर्निचर उद्योगमा लगेर बिक्री वितरण गर्दै आएका छन् । सव–डिभिजन वन कार्यालयले चोरी तस्करी बढेको जनगुनासो आएकोले वनको सुरक्षा बढाएको जनाएको छ । राष्ट्रिय सम्पत्तिको रूपमा रहेको वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने कार्यालयको भनाइ छ ।

सम्बन्धित समाचार

प्रदेश १ मन्त्रीपरिषद बैठक : निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर, ३० साउन । प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । सो उक्त कार्यविधि स्वीकृत भएसँगै अब...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, साउन ३–सुनसरीको इटहरी–३ स्थित ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु...

सीसीएमसी खारेज गर्दै सरकारले गठन गर्‍यो प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति

काठमाडौं, ७ जेठ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको...

यी हुन् मोरङबाट ४ जीपीए ल्याउने ८ विद्यार्थी

विराटनगर । मोरङबाट ८ जना विद्यार्थीले एसईईको परीक्षामा ४ जीपीए ल्याएका छन् । विराटनगरबाट पाँच जना, पथरीबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलबाट तीन जना विद्यार्थीले ४...

चीनमा थप ३६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ ।...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...

महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्