मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

 न्यूज विराट
मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ प्रहरीका प्रवत्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् ।
घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय दीपक कार्कीको घर रहेको सनु पसलमा आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको दाहालले बताए । ‘घाइतेहरुमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको छ,’ दाहालले भने ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएराति सुनसरी सदरमुकाम इनरुवा– १ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा दियोबाट सल्कियो आगो

यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका १ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ । संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारी आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएका थिए ।

सम्बन्धित समाचार

अखिल क्रान्तिकारी महेन्द्र मोरङको अध्यक्षमा रोहित यादव

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको अध्यक्षमा रोहित यादव ( विकास ) चयन भएका छन् । विराटनगरमा सोमबार भएको अखिल क्रान्तिकारीको सातौं क्याम्पस कमिटि सम्मेलनबाट यादव...

कोशी पर्यटन वर्ष २०८२ : मस्कट, नारा र लोगो सार्वजनिक

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।...

रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको चार कसीबारे प्रचार प्रसार सुरु गरेको छ । क्बले रोटरीका चार मन्त्र स्टीकर बनाएर प्रचार प्रसार गरेको हो ।  मानिसको सोचाई एवम् कार्यशैलीलाई मार्गदर्शन गर्ने रोटरीका चार...

न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र...

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

एमालेले बोलायो महाधिवेशन आयोजक समितिको बैठक

काठमाडौ, १३ असार । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले यही असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो...

सरकारले संक्रमितलाई भेन्टिलेटरसम्म पुग्नुपर्ने अवस्था आउन दिँदैन : डा. खतिवडा

काठमाडौं, २२ साउन-अर्थ, सञ्चार तथा सूचना प्रविधिमत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्