विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ । इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा नष्ट गरेको हो । चालु आर्थिक वर्षको साउनदेखि भदौसम्म इप्रका रानीले विभिन्न मितिमा करिब ३ क्विन्टल गाजा बरामद गरेको थियो । बरामद गरेको गाँजा स्थानीय जनप्रतिनिधी, प्रहरी प्रशासन, स्थानीय र संचारकर्मीहरुको उपस्थितीमा नष्ट गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप वेल्वासेले जानकारी दिए । पहाडी जिल्लाबा गाँजा तस्करी भएर भारत जाने गर्दछ । तस्करको समूहले धनकुटा र भोजपुरदेखि भारत लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको थियो । यसरी बरामद गरेको गाँजा राखेर सामुहिक रुपमा नष्ट गरेको प्रहरीले जनाएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशमा पछिल्लो समय लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागूऔषध मानव स्वास्थ्यका लागि हानिकारक छ । केवल व्यक्तिका लागि मात्रै होइन परिवार र समाजकै लागि यो घातक वस्तु हो । तर यसको प्रयोग बढ्नु चुनौतीपूर्ण छ । सिमावर्ती प्रहरी युनिटको तथ्यांकले लागूऔषधको अवस्था भयावह बनिरहेको देखाउँछ । पछिल्लो ३ वर्षको तथ्यांक विश्लेषण गर्दा लागूऔषधसँग सम्बन्धित मुद्दा बढेको पाइएको छ । लागूऔषधका मुद्दा बढ्नुले यसको कारोबार र ओसारपसारसँगै सेवनकर्तासमेत बढेको निष्कर्षमा प्रहरी पुगेको छ । इप्रका रानी आर्थिक वर्ष २०७९÷०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ । एक वर्षमा ३२२ वटा मुद्दा दर्ता भएको मध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन् । जुन प्रतिशतको हिसाबले ६४.२८ प्रतिशत हुन आउँछ । प्रहरी हिरासत सधैँजसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ । रानीबाट आर्थिक वर्ष २०७८÷०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो । २०७७÷०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए । सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन् ।
विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई...
विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् ।...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविन कुमार कर्ण चयन भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष...
काठमाडौं, ८ असोज-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोना संक्रमणमुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीले महामन्त्री कोइरालाको पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएका छन् । कोरोना संक्रमण भएपछि घरमा नै होम आइसोलेशनमा...
नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा बुधबार भएको दोस्रो खेलमा सुनसरी क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । सुनसरी क्रिकेट क्लबले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराउँदै अन्तिम आठमा पुगेको...
काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो । रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज...
विराटनगर, १ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४÷४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...