नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

 न्यूज विराट
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाखभन्दा बढी सहयोग गर्ने घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भूकम्प पीडितका लागि १ लाख २१ हजार १११ रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट जनधनको ठुलो क्षति भएकोले राहत स्वरुप उक्त रकम उपलब्ध गराउने नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएकोमा दुः ख व्यक्त गर्दै महासंघले दुःखद घटनामा परि ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभाको कामना समेत गरेको छ ।

यसैगरी, महासंघले कोशी प्रदेशका सबै जिल्लारनगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायत उद्योगी व्यवसायीहरुमा समेत आर्थिक लगायत राहत सामग्री लत्ताकपडा, खाद्यान्न, औषधी, पानी जस्ता अत्यावश्क सामग्रीहरु उपलब्ध गराई उद्धार कार्यमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ ।

साथै महासंघले सहयोग गर्न चाहने संघ वा व्यवसायीहरुले महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ९८५२०४००५२ लाई सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

२ जनाको आरडीटी पोजेटिभ देखिएपछि सप्तरीका २ स्थानीय तह शील

राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

मोरङ केराबारीमा लोड गरिएको भरुवा बन्दुकसहित तीन जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाँउपालिका ८ स्थित आमजुङगी सामुदायिक वन जंगलको एरियामा तीन जना व्यक्तिहरूलाई अवैध रूपमा लोड गरिएको भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा प्रहरीले तीन जना व्यक्तिहरूलाई अवैध बन्दुक सहित आइतबार...

हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

देउवा पक्षबाट नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापाको उम्मेदवारी घोषणा

विराटनगर, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्