विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो ।
समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।
सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए । सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको थियो । कलर बेल्टमा प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिएको छ ।
जनकपुरधाम, २९ चैत -पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरूको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हेटौँडामा परीक्षण गरिएका तिनीहरूको रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...
काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...
विराटनगर, ९ साउन । सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कोशी टप्पु बन्य जन्तु आरक्षणमा सिसौको रुखले किची स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ का २८ बर्षीय धिरज तामाङ रहेका छन् । हिजो दिनको साढे...
सुर्खेत, २६ वैशाख-आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले साताव्यापी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । सरकारले नीति तथा कार्यक्रममा लागि सबै समुदायको सहभागिता होस् भनेर सुझाव संकलनकाे थालनी...
विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...
विराटनगर । कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजालसले मुद्दालाई अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आइतबार आदेश गरेको हो । इजलासले...
विराटनगर । मोरङको कटहरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयहरूलाई प्रविधमैत्री बनाएर शिक्षण सिकाइ उपलब्धीमूलक बनाउन गाउँपालिका लागि परेको छ । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन गाउँपालिका भित्र रहेको १९ वटा सामुदायिक...