आइटिएफ तेक्वान्दोको सेमिनार सुरु, २ सय ६५ जना खेलाडीको सहभागि

 न्यूज विराट
आइटिएफ तेक्वान्दोको सेमिनार सुरु, २ सय ६५ जना खेलाडीको सहभागि

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् ।
मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी देखिएको बताए । खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको छ । खेलाडीहरुले देशविदेशमा गएर आफ्नो साथै देशका नाम राख्ने काम गरेको छन् । यसले पनि सरकार तथा सरोकारवाल पक्षको ध्यान आकर्षण गरेको उनले बताए । क्रिकेट खेलका खेलाडीहरु विश्वकप खेल्न जाँदै छन् । सरकारले खेल र खेलाडीप्रति गम्भीर भएर लागेकोले नै राम्रो खेल्दै देशको नाम राख्न सफल भएको मन्त्री लिम्बूले बताए । अब सरकारले खेलमा विशेष ध्यान दिँदै देशका विभिन्न स्थानमा नयाँ अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउन डिपिआरलगायतका काम थालिसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक तथा विजयी हुने खेलाडीहरुलाई पुरस्कार तथा सेवासुविधा दिने भनेर खेल नीतिहरु संशोधन गरेको बताउँदै, मन्त्री लिम्बूले भने, ‘खेल नीति संशोधन गरेर ठीक्क पारेर राखेको छौं । त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढी सकेको छ ।’
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।
सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए ।
२ दिनसम्म हुने सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कलर बेल्टमा प्राविधि अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिइने छ । सेमिनार आइतबारसम्म हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

काठमाडौं, पुस १४ गते । बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना...

कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए

कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई...

संविधान संशोधनमा १२ सांसद अनुपस्थित

काठमाडौं, ३१ जेठ-भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कार्यम...

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

होसियारी नअपनाए अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी

काठमाडौं, २२ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दरमा वृद्धि भइरहेकाले अस्पतालको अभाव हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी...

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...

शिक्षादीप कलेजका ११ विद्यार्थीले देखाए जलबायु परिर्वतनको ‘रिसर्च डकुमेन्ट्री’

विराटनगर । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डकुमेन्ट्री देखाएका छन् । विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्