पशुपति ज्वेलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम, १३ तोला सुन पनि बरामद
बिहिबार, १६ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीको गरगहना ९९ किलो ९९४.५ ग्राम कायम गरेको छ । प्रहरीले १३ तोला सुन पनि उक्त ज्वेलर्सबाट बरामद गरेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम सुवेदीले जानकारी दिए ।
बरामद गरेको चाँदी र सुन विराटनगर भन्सार कार्यालयमा लगेर तौल गरेपछि परिमाण कायम गरेको हो । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक विश्वजीत जानालाई नियन्त्रणमा लिएको छ । सुनचाँदी पसलबाट आज दिउँसो तस्करीको चाँदीका गरगहना बरामद भएको हो । पक्राउ परेका सञ्चालकलाई विराटनगर भन्सार कार्यालयमा राखिएको छ । पक्राउ परेका जाना भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए ।
विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा छापा हानेर चाँदी बरामद गरेको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लाष्टिकको बोरामा हालेर लगिएको छ ।
विराटनगर । मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।नागरिक संघर्ष समितिले आन्दोलनको नेतृत्व...
नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट...
काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८ नयाँ...
काठमाडौं, जेठ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र जनता समाजवादी नेता –जसपा)का नेता उपेन्द्र यादवको षडयन्त्र बिफल भएको छ । पार्टीभित्र छलफल नै नगरी उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पठाएको कार्वाहीको...
काठमाडौं, फागुन २०–सरकारले कोरोना प्रभाव नदेखिएका देशमा श्रम स्वीकृति जारी गर्न नरोक्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशमा भने श्रम स्वीकृति रोक्न निर्णय भएको जानकारी दिएको छ । मंगलबार...
विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...
विराटनगर, २६ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरी उपमहानगर कमिटीको अध्यक्षमा पुजा भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् । इटहरी उपमहानगर कमिटीको पहिलो अधिवेशनले भट्टराई अध्यक्षता निर्विरोध निर्वाचित भएकी हुन् । उनको अध्यक्षमा १५ सदस्यीय नगर...