औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

 न्यूज विराट
औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधि दुरुपयोग गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ परेका खत्रीले मनोद्धिपक औषधि दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल शिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको डिडिएको अभिलेखमा देखिन्छ ।

यसअघि पनि विभागले धरान उपमहानगरपालिका–१८ घोपा क्यापअगाडिको बिम्ब फार्मेशीका सञ्चालक नवीन राईले औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा बिभागले पक्राउ गरेको थियो । धरान–११ सयपत्री चौकबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेशी सञ्चालक राईले औषधिको दुरुपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ ग¥यो ।

यसै गरी मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेबाट औषधीको अनुचित प्रयोग गरेको पाइएपछि रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्ज्वल थापा पक्राउ परे । उनीहरूलाई औषधि अनुचित प्रयोग गराउन लगाउने मुख्य नाइके फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ । यसअघि इटहरी–१ बाट पनि औषधिको दुरुपयोग गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेर औषधि व्यवस्था विभागले मुद्दा चलायो ।

बिरामीलाई अति आवश्यक पर्ने औषधिको दुरुपयोग गरेको उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । कोशी प्रदेशको तराईका जिल्लाहरूमा औषधिको अनुचित प्रयोग गर्दै यसको दुरूपयोग भयवह बन्दै गएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । औषधिको अनुचित प्रयोग गरेर कमाउधन्दामा लागेका गिरोहले यसको चरम दुरुपयोग गर्ने गरेको पाइएको हो । औषधिको चरम दुरुपयोग गर्दै लागूऔषध बनाएर कोशी प्रदेशको विशेष गरी पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको प्रहरी बताउँछ । बिरामीले सेवन गर्ने औषधिको दुरुपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह सबैभन्दा बढी सुनसरीमा रहेका छन् ।

सुनसरीपछि मोरङ, झापा र उदयपुरमा अधिक छन् । विभिन्न नामको औषधीलाई मिश्रण गरेर लागूऔषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । विभिन्न नामको औषधी बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधि रहेको विभागले जनाएको छ । तर, यहाँ यी औषधिको चरम दुरुपयोग बढेको उनले सुनाए । प्रत्येक वर्ष औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको सङ्ख्या बढेको कारणले अदालतमा मुद्दा सङ्ख्या पनि बढ्दो रहेको डिडिएको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा औषधिको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएको छ । यो सङ्ख्या प्रत्येक वर्ष बढ्दो रहेको छ । चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएको छ ।

डिडिए विराटनगरले अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा औषधिको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा अदालतमा दर्ता गरेको देखिन्छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । औषधि ऐन, २०३५ अनुसार औषधिको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ । जुन जिल्लाबाट औषधिको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ ग¥यो तेही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । जसले गर्दा कम जनशक्ति भएको डिडिएमा काम गर्न कठिनाए हुने गरेको कर्मचारी बताउँछन् ।

विभागले गरेको अनुसन्धानबाट विभिन्न नामका मिसाएर लागूऔषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने औषधिले अरू औषधिसँग मिसाएर सेवन गर्दा लागूऔषधको काम गर्ने गरेको चिकित्सकले बताए । त्यही भएर अवैध रूपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ‘प्रतिबन्धित औषधिहरू भारतदेखि भिœयाएपछि पूर्वी सहरमा भण्डारण गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ’ कार्यालय प्रमुख मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधिको चरम दुरुपयोग गर्दै गिरोहले दुव्र्यसनीमा लागेका युवाहरूलाई महँगो मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले विभिन्न औषधि मिसाएर लागूऔषध बनाएर बिक्री गरेको पाइयो ।’ यसरी औषधीलाई लागूऔषध बनाएर बिक्री वितरणमा गर्नेमा औषधि पसल सञ्चालन गर्ने सञ्चालकहरू पनि रहेका छन् ।

प्रतिबन्धित औषधि मिलाएर लागूऔषध बनाएर पाँचदेखि सात सय रुपैयाँसम्म बिक्री वितरण गर्ने गरेका छन् । प्रतिबन्धित औषधिलाई लागूऔषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलबारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री वितरण गर्दै आएका छन् । पक्राउ परेका प्रतिवादीहरूले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधि भारतमा खरिद गरेर पूर्वी सहरहरूमा ल्याएर उक्त औषधि लागूऔषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधिलाई लागूऔषध बनाएर पूर्वी सहरमा पु¥याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियमक निकायको ध्यान नजाने भएकोले औषधिको दुरुपयोग गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

यसरी औषधिको दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण कमाउधन्दामा लागेका केही फार्मेशी सञ्चालकहरूले पनि बिक्री वितरण गर्ने गरेका थिए । केही फार्मेशी सञ्चालकहरूले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यशनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । ‘पूर्वी सहरमा औषधिको दुरुपयोगको अवस्था भयावह रहेको छ । पर्याप्त जनशक्ति नभएका कारण डिडिए एक्लैबाट मात्र यसको नियन्त्रण सम्भव छैन । यसलाई सामाजिक मुद्दा बनाएर सबै क्षेत्र र निकाय रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने अवस्था रहेको छ’ उनले भने, ‘प्रहरीको संयन्त्र हरेक स्थानीय तहसम्म र बोर्डरसम्म पुगेकाले प्रहरीको थप भूमिका दिनुपर्ने अवस्था रहेको छ ।’

ओभरडोजले ज्यानै जान्छः चिकित्सक
विभिन्न मनोद्धिपक औषधि मिसाएर लागूऔषधको रूपमा सेवन गर्दा शरीर र मानसिक रूपमा असर गरी स्मरणशक्तिमा ह्रास आउनुको साथै ओभर डोजले ज्यान जानसक्ने खतरा हुने डा। रोशन खड्काले बताए । ‘यसको अधिक मात्रमा प्रयोगले मानसिक समस्या मात्र गर्दैन । ओभर डोजले ज्यान जानसक्नेसम्म खतरा हुने गर्दछ,’ डा। खड्काले भने, ‘स्वाश्वप्रश्वासमा समस्या भएर पेटमा पनि थुप्रै समस्या हुने गर्दछ ।’

सम्बन्धित समाचार

विराटनगरमा प्रदेशसभाको आफ्नै भवन निर्माण कार्य सुरु

विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

[caption id="attachment_47302" align="aligncenter" width="714"] घरमा उपचार गराईरहेकी चन्द्रकला ।[/caption] शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया...

विराटनगर–२ मा ९ सय ३७ परिवारलाई राहत वितरण सुरु

विराटनगर, चैत २६–विराटनगर महानगरपालिका–२ नं. वडा कार्यालयले दैनिक ज्यादादारी मजदुरी गर्ने अति विपन्न परिवारलाई राहत वितरण सुरु गरेको । सो वडाका ९ सय ३७ घरधुरीलाई वडा कार्यालय मार्फत राहत वितरण गर्न सुरु गरिएको हो ।...

मदरल्याण्ड एकाडेमी साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

पोखरालाई ४ विकेटले पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्