स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

 न्यूज विराट
स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

विराटनगर । स्रोत नखुले २२ लाख रुपैयाँसहित प्रहरीले विराटनगरबाट एक जना १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद गरेको हो। उक्त रकम अवैध हुनसक्ने अनुमान प्रहरीले गरेको छ। किशोरको साथबाट नेपाली रुपैयाँ २१ लाख ८७ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनको साथबाट एक हजार दरका १ हजार ६८७ थान र पाँच सय दरका १ हजार थान रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। त्यसैगरी उनको साथबाट बलराम केसरीको नाममा रहेको कुमारी बैंकको एक थान चेक, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा काटिएको ८६ हजारको चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

विराटनगर, जेठ १–प्रदेश १ मा करिब १२ हजारको कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण...

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं, ९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि बूढानिलकण्ठ र सनराइज स्कुललाई

विराटनगर । प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको बूढानिलकण्ठ अ. मा. वि.का सिरिन भट्टराई र रंगेलीको सनराइज नेशनल स्कुलका रामसुन्दर साहले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले विराटचोकमा शुक्रबार...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्