माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

 न्यूज विराट
माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

काठमाडौं, ९ जेठ । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको नेपाल प्रेसलाई बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताए ।

संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

 

सम्बन्धित समाचार

मोहनअधिकारीको शब्द र कमल खत्रीको स्वरमा ‘म तिम्रै हुँ’

मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...

स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं, ५ भदौ-सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन्...

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ सार्वजनिक

कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष...

बसकाे झ्यालबाट हाम फाल्दा एक जनाकाे मृत्यु

इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्