तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार
सोमबार, १३ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् ।
नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार राईलाई भारतबाट क्या रिङ गर्ने तस्करको समूहले फसाएको भन्दै रिहाइको माग राखेका हुन् ।
बिहीबार दिउँसो विराटनगर ४ कञ्चनवारिबाट सशस्त्र प्रहरी बल मोरङले अवैध रूपमा सुन्दरहरैचा लैजाँदै गरेको करिब सात लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कुर्ता सलवार बरामद गरेको थियो । सशस्त्रको सादा पोषकका प्रहरीले प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपबाट आठ सय ३४ थान कुर्ता सलवार बरामद गरिएको थियो । लत्ताकपडा बरामद गरेको पिक अप राईको हो । उनलाई भारतबाट तस्करी गर्ने दुई जना गिरोहले नक्कली बिलबिजक देखाएर मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलपुर स्थित कपडाको पसल गर्ने व्यापारी प्रिया भनिने दुर्गा घिमिरेलाई दिनु भनेर पठाएका थिए । उक्त सामान गन्तव्यसम्म पुर्याउँदा गाडी भाडा बापत उनलाई तीन हजार दिने बताएका थिए । ‘गाडी लिएर गिद्रीमा बसेको थिए । दुई जना मोटरसाइकलमा आए । बिलबिजक देखाए । विराटनगर ६ सरौचियामा रहेको ओमेक्स फेसन होजियारीको पान नम्बर ६१४६७४०२० मा भ्याटसहित ५९ हजार ३२५ रुपैयाँ काटेको बिल थियो । सम्पूर्ण प्रक्रिया पुरा गरेको सामान रहेछ भनेर मैले ९८१०४१८१३१ नम्बरको प्रिया भनिने दुर्गा घिमिरेले सञ्चालन गरेको मनकामना तयारी पोसाकमा लैजान भनेर विराटनगरबाट हिँडेको थिए । कन्चन बारी पुग्दा प्रहरीले समायो । यो सामान अवैध हो भनेर प्रहरीले भनेपछि छानाबाट खसेजस्तो भए,’ थुनामा रहेका चालक राईले भने, ‘ म सोझो राई को छोरा । लप्पन छप्प न जान्दिन । मैले त सोझो हिसाबले बिल हेरेपछि त्यही अनुसारको सामान होला भनेर लिएर गएको थिए । तर, प्रहरीले समाएपछि सामान त अर्को हालेको रहेछ ।’
दिनभरि सवारी चलाएर आठ जनाको परिवार पाल्ने आर्थिक अवस्था नाजुक भएको परिवारलाई अहिले भन्सारले ७ लाख ५० हजार कपडाको, १५ लाख गाडीको र मान्छेको दिनको ५० हजार गरी झन्डै २३ लाख धरौटी माग्ने बताउँदै आएका छन् । ‘यत्रो पैसा कहाँबाट ल्याउनु ? । घरमा अपाङ्गता भएका बिरामी आमा हुनहुन्छ । श्रीमानलाई सुनियोजित तरिकाले फसाएको छ । हामीले सामान ल्याउने मान्छे पनि पत्ता लगाइसक्यो । सम्पूर्ण कागजपत्र प्रहरी प्रशासन र भन्सारलाई पनि बुझाएका छौँ । क्या रिङ गर्ने र कपडा मगाउने व्यापारीलाई प्रहरीले अहिलेसम्म समाउन सकेको छैन । एउटा सोझो श्रीमानलाई समाएर राखिएको छ,’ श्रीमती सजिना राईले भनिन् । सुनियोजित तरिकाले फसाएको श्रीमानलाई बिना सर्त रिहा भन्सारले गरिनुपर्ने उनले माग राखेकी छिन् ।
भारतबाट कपडाको तस्करी गर्ने विराटनगर दरैयाबस्तीका मिथुन साहको रहेको स्रोतले बताएको छ । मिथुनले पल सर मोटरसाइकलमा सहयोगी परिचालन गरेर सवारी साधनबाट सलपुरमा कपडाको व्यापार गर्ने प्रियालाई बेचेको बिलबिजकबाट देखिन्छ । सवारी चालक राईका परिवारले क्या रिङ गर्ने र कपडा खरिद गर्ने व्यापारी पहिचान गरिसक्दा पनि सशस्त्र र नेपाल प्रहरीले अहिलेसम्म तस्करी गर्नेलाई पक्राउ गरेको छैन ।
मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेले आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकाले भन्सारले भनेपछि पक्राउ गर्ने बताए । ‘सशस्त्रले सामान समाएपछि भन्सारमा बुझाएको छ । भन्सारले मुद्दा चलाएपछि बयान हुन्छ । बयानबाट खुलाएपछि भन्सारले पक्राउ गर्नुपर्दा प्रहरीलाई पत्राचार गर्ने हो । नेपाल प्रहरीलाई पक्राउ गर्ने सहयोग मागेपछि हामीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउने हो,’ एसपी पोखरेलले भने । विराटनगर भन्सार कार्यालयले मङ्गलवार धरौटी खोल्ने तयारी गरेको छ ।
काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी...
बाँके, २४ असोज-बाँकेमा अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको...
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...
विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...
काठमाडौं, १६ साउन-लकडाउन खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोभिड– १९ को जोखिम दैनिक रूपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)ले आज...
काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...
विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक...