विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । हिजो साझँ ५ बजे सुनसरीको दुहबीनगरपालिका ११ स्थित दक्षिणबाट उतरतर्फ जादै गरेकोको ४ प ९१७८नम्बरको मोटरसाईकल र बिपरितदिशाबाट आउदैगरेको को २४ प १७५८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर को ४ प ९१७८नम्बरको मोटरसाईकल चालक स्थानिय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी आज बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितमा प्र ०४७ प ७७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिद भूमी गाउँपालिका १ का ४९ बर्षीय हरिभक्त राई घाईते भई उपचारको लागी धरानको घोपा क्याम्प लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसका साथै शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका ५ स्थितमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकोको ३३ प ६३६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाटआउदै गरेकोको २८ प ३०८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाईनगरपालिका ७ महदेवाका ६० बर्षिय कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।
जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु...
काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...
काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो फोनवार्ता भएको छ । ७४औं स्वतन्त्रता दिवसको अवसरमा २ देशका प्रधानमन्त्रीबीच टेलिफोन सम्वाद भएको हो । परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर फोनवार्ताका क्रममा...
बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय एक बिरामीको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको...
विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल...
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...
विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर...