विराटनगर । समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् ।
राजनीतिक दलहरुले निर्वाचनमा विजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति तथा कार्यक्रममा अझै पनि दलित महिलाले ठाउँ पाउन नसकेको उनीहरुले गुनासो गरे । महिलाहरुको सबालमा दलित महिलाहरु अझै पनि शिक्षा स्वास्थ्य र रोजगारीको विषयमा राज्यले पछाडी पारेको उनीहरुले आरोप लगाए ।
दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजीले तीनै तहको सरकारले बजेट छुट्याउँदा महिला मात्र भनेर छुटयाउँदा दलित महिलाको अधिकार खोसिएको बताए । उनले तीने तहको सरकारलाई अगामी बजेटमा दलित महिलालाई केन्द्रीत गरेर बजेट छुटयाउन आग्रह समेत गरे । दलितहरुले विद्यालय निर्माण गर्ने तर क्यौं ठाउँमा पढ्न नदिने, ब्राह्मण समुदायलगायत अन्य समुदाका छोरा छोरी मात्र पढ्न पाउने राणा शासनकालमा विभेद गरिएको उनले गुनासो गरे । कक्षा भित्र क देखि ज्ञा सम्म पढाई हुनथ्यो । तर दतिलका बालबालिकाहरुले क शब्द नै चिन्न नपाएको उनको भनाई थियो ।