बेलबारी । बितामोड युनाईटेड क्लब झापा बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेश गरेको छ । लिग बिजेता चर्च ब्वाईज क्लब काठमाण्डौलाई हराउँदै बितामोड युनाईटेड क्लब झापा अन्तिम चारमा पुगेको हो ।
बुधबार बिर्तामोड युनाईटेड क्लब झापाले २–१ गोलले चर्च ब्वाइज क्लबलाई निराश बनाउँदै झापा अन्तिम चारमा पुगेको छ ।
प्रतियोगितामा म्यान अफ द म्याच विर्तामोड युथ क्लव झापाका खमिर गिल्सन घोषित भए ।
यसअघि सहलेस युवा क्लब सिराहा, आयोजक डागीहाट युथ क्लब र बिग्रेट युवा क्लब काठमाण्डौ सेमिमा पुगेको छ । बिहीबार पहिलो सेमिफाइनल खेल आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र बिग्रेड ब्वाईज क्लबबिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए । फाइनल कार्तिक ४ गते हुनेछ ।