कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

 न्यूज विराट
कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले मुख्यमन्त्रीबाट राजीनामा दिए : हिक्मत कार्की

विराटनगर । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएको बताएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । वातावरण सकारात्मक बन्नसक्ने देखेरै आफूले राजीनामा दिएको उनले बताए । कार्कीले हलो अड्काएर गोरु कुट्ने काम नगर्न आग्रह गर्दै मध्यावधिमा लाने प्रयास नगर्ने चेतावनी पनि दिए ।

‘‘केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि हामी विक्षिप्त भयौं । यो संविधान अनुकूल भएन । गबठन्धनले यहाँका अमुक नेताको नाममा सहमति गरेको विज्ञप्ति आयो । त्यसपछि हामी रन्थनियौं । त्यही बेला केदार कार्कीले हिम्मत गर्नुभयो । हामीले समर्थन गर्यौं । उहाँलाई हामीले समर्थन गर्यौं र मध्यावधिमा जानसक्ने चक्रको अन्त्य गर्यौं । के यो गल्ती भयो । संविधानको उपधारा ५ मा हामीले पुर्याएका हौं । कसले पुर्याएको हो रु,’ उनले भने, ‘यस विषयमा एमालेले गल्ती गरेको रहेछ भने भोली कुनै दिन माफी मागौंला । तर, हामीले गल्ती गरेका छैनौं,’ उनले भने ।

उनले संविधानको प्रावधान अनुसार आफूले प्रदेशमै निर्णय गरेको उनले दाबी पनि गरे । ‘माथिको आदेश पालना गरेर हामीले निर्णय गरेका होइनौं । यो हिक्मत कार्की नेकपा एमाले संसदीय दलको नेताको हैसियतले गरेको हो,’ उनले भने ।

उनले केन्द्रीय सत्ता गठबन्धनमा हिंजो पनि नभएको र आज पनि नहुने उनले बताए । उनले संसदको अंकगणितको बारेमा सामान्य ज्ञान नहुँदा अहिलेको परिणाम आएको बताए । ‘गणितको समेत सामान्य ज्ञान नराखी हामी यो जनादेशलाई समेत भुलेर सरकार गठन र विघटनमा रुमल्लिरहेका छौं । यो कारणले मध्यावधि निर्वाचनमा जाने त होइन भन्ने अवस्थामा आइपुगेका छौं । यो कुरालाई हेक्का राखेर काम गर्नुपर्नेछ । हाम्रो निर्वाचन प्रणालीमा समस्या छ । कसैको पनि बहुमत नआउने खालको निर्वाचन प्रणाली छ,’ उनले भने, ‘दुई वा दुईभन्दा बढी दलहरु मिलेर मात्रै बहुमत पुग्ने अवस्था छ । यो विषय हामीले नबुझेजस्तो गर्नु हुँदैन । हामी मेजर दलहरु पनि यो कुराबाट चुकिरहेका छौं । त्यसकारण कहिले यो र कहिले त्यो भनेर लागिरहेका छौं ।’ उनले सहमतिले संविधान निर्माण गरेको दृष्टान्त दिँदै मूल धेयमाथि नकारात्मक नबन्न सबैलाई आग्रह पनि गरे ।

‘‘कमजोरी लुकाउन अनेक कमजोरी भए । संविधान मिच्न अनेक काम गर्दै गयौं,’ उनले भने, ‘हामी आफैंले संविधानको व्याख्या गर्न थालेपछि समस्या भयो,’ कार्कीले भने । कार्कीले अहिलेको परिस्थिति आउनका लागि गठबन्धन नै जिम्मेवार रहेको संकेत गरे ।
‘संविधानको धाराको प्रयोग गर्दैजाँदा कहाँ पुग्छौं भन्ने हेक्का नराख्दा अहिलेको स्थितिमा आएका हौं,’ कार्कीले भने, ‘बजेट ल्याउन नदिने, बजेटको मुखमा सरकार छाड्ने जस्ता काम भए । संविधानको धारा २ र ३ का सरकारलाई विश्वासको मत दिन सकेनौं । त्यसपछि अहिले कुण्ठा र आक्रोश पोख्ने ठाउँमा पुग्यौं ।’

संविधानको धारा १६८ ९३० लाई विश्वासको मत दिन भन्दै आफू केन्द्रका नेतालाई पनि भनेको बताउँदै उनले उपधारा ९५० मा बनिबनाउ बहुमत भएजस्तो कुरा गरेको कारण अहिलेको अवस्था आएको उनले बताए । ‘संविधानको धारा १६८ को उपधारा ५ मा पुगेपछि दलको मात्रै कुरा हुँदैनन्, सांसद स्वतन्त्र हुन्छन् भन्ने हेक्का राखेको पाइएन,’ कार्कीले भने, ‘हामीले काँग्रेस, माओवादीसँग पनि कुरा गर्दा संस्थागत सहमति हुन सकेन । केन्द्रमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले पनि सकारात्मक जवाफ नदिएको कारण मैले राजीनामा दिएको हुँ ।’ वातावरण सकारात्मक बन्नसक्ने देखेरै आफूले राजीनामा दिएको उनले बताए । कार्कीले हलो अड्काएर गोरु कुट्ने काम नगर्न आग्रह गर्दै मध्यावधिमा लाने प्रयास नगर्ने चेतावनी पनि दिए ।
केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफूहरु नयाँ निर्णयमा पुगेको बताएका छन् । प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

सम्बन्धित समाचार

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेस गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघमा बसेको बैठकले...

टि–२० क्रिकेट प्रतियोगिता सुरु , उद्घाटनमा उदयपुरको विजय सुरुवात

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो ।...

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत

काठमाडौं, २९ मंसिर । नेपालको बिजुली किन्न बंगलादेश सहमत भएको छ । यहाँ खेर गइरहेको बिजुली खरिदका लागि नेपालको निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्न समेत बंगलादेशले गृहकार्य अघि बढाउने भएको हो ।...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान

रुकुम, ४ असार-रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका-८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको ४ दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा...

हिसान स्पोर्ट्स मिट : फुटबलको उपाधि अर्किड कलेजलाई

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत फुटबलतर्फको दुवै स्पर्धाको उपाधि विराटनगरको अर्किड कलेजले जितेको छ । विराटनगरको शहिद मैदानमा मंगलबार राती सम्पन्न भएको फुटबलतर्फको दुवै स्पर्धाको उपाधिे अर्किड कलेजले जितेको हो ।पहिलो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

पर्यटन क्षेत्रका श्रमिकले राहत पाएनन् : युनियन

काठाडौं, १० वैशाख-कोरोना भाइरसका कारण लकडाउनमा बसेका श्रमिकले राहत नपाएको नेपाल ट्रेकिङ ट्राभल्स् र्‍याफ्टिङ एयरलाइन्स  सस्कृति पुरातात्त्विक कार्गो कुरियर श्रमिक युनियनले जानकारी दिएको छ । सरकारले लकडाउनका अवधि बढाएसँगै उनीहरूलाई खानबस्न समस्या भइरहेको युनियनले जनाएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्