कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने, माओवादीले पनि दिने

 न्यूज विराट
कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने, माओवादीले पनि दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

आफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई सत्ता गठबन्धनले स्वीकार गरेर गठबन्धन कायम राख्ने निर्णय गरेको छ भने एमालेले आफूहरुसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्नुपर्ने दबाब दिइरहेको छ ।

एमालेका उपनेता रामबहादुर मगर र आफूसँग कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई आइतबार आफ्नो शपथसँगै विनाविभागीय मन्त्री नियुक्त गरेका कार्कीले आफ्नो आगामी रणनीतिबारे केहि बताएका छैनन् । नेपाली काँग्रेसका नेता शेखर कोइरालाको योजनामा विद्रोह गरेका कार्कीलाई अब गठबन्धनकै सहयोगमा अगाडि बढाउने लिखित सहमति शेखरसहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गरिसकेका छन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन । विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।

यसैबीच माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ । माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको थियो । उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उनले बताए । ‘ मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’ उनले भने, ‘भोलि केन्द्रले निर्देशन देला ।’

गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन छ ।

सम्बन्धित समाचार

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...

चैतयता एक्टिभ ६४ हजार मोबाइल नम्बर सेनाको निगरानीमा

काठमाडौं, १० बैशाख-नेपाली सेनाले ६४ हजार मोबाइल नम्बरमाथि अनुसन्धान थालेको छ । चैत महिनायता एक्टिभ भएका मोबाइल नम्बरमाथि सेनाले अनुसन्धान गर्न थालेको हो । चैत महिनायता एक्टिभ भएका नम्बरहरू अधिकांश विदेशबाट आएका मानिसले चलाएको आशंका...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय ९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ सय ९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज...

मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा...

ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...

प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

नक्सा जारी गर्न प्रचण्ड–माधव नेपालको भुमिका महत्वपूर्णः मण्डल

विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्