
विराटनगरमा ४ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण
विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । बेलबारी गोल्डकप फुटबल प्रतियोगितमको छैटौँ संस्करण आज आइतबारदेखि सुरु हुने भएको छ । मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग र भोजपुर जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौंसहित ब्रिगेड ब्वाइज काठमाडौं, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको पाँचौँ संस्करणको उपाधि गत वर्ष सशस्त्र प्रहरी बलको एपीएफले उचाल्दा रारा फुटबल क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको थियो ।
प्रतियोगिता सञ्चालनमा करिब ६३ लाख खर्च हुने र प्रतियोगिताबाट करिब साढे ६९ लाख आम्दानी हुने अनुमान गरिएको आयोजक समितिका सञ्चार संयोजक नरेन्द्र बस्नेतले वताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोल्डकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र हरेक खेलका म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।
विराटनगर, २८ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...
विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...
काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन्।...
काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...
धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.