कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने

 न्यूज विराट
कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।

खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन् ।
नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा शेखर कोइराला ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन् । एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ । अहिले कार्की पक्षका सांसदहरुले सनाखत गर्न सुरु गरेका छन् ।

कोशीकोे मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पक्ष तत्काल सनाखतमा नजाने बतनएका छन् । आङ्बाेले आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबीच सहमतिकाे प्रयास भईरहेकाे कारण तत्काल सनाखतमा नजाने बताए । काँग्रेसका ८ जना माननीयहरू सशरिर उपस्थिति भईसकेपछि हाम्राे दाबी पुग्दैन, अर्काे कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जाँदैनाैं, उनले भने ।

सनाखतको काम सकिएपछि आजै मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ। प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ।
मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।

तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।

सम्बन्धित समाचार

स्पोर्ट्स मिटको नतिजा सच्याउँदै प्याब्सनले निकाल्यो विज्ञप्ति, प्रतियोगिताको तेस्रो विराटनगरको एभरेष्ट

विराटनगर । प्याब्सन स्पोर्ट्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोर्ट्स मिटको पुरस्कार वितरणका क्रममा मानव...

विराटनगर, १० असार । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताले आज छलफल गर्ने भएका छन् । ठाकुर र महतो पक्षले आज दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न लागेका...

प्रदेश १ मा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३ कात्तिक-कोरोना भाइरसको संक्रमणबाट प्रदेश १ मा थप ७ जनाको मृत्यु भएको छ । विराटनगरमा चार र सुनसरीको धरानमा तीन संक्रमितको मृत्यु भएको । विराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु भएको छ...

प्रदेश १ मा १३ संक्रमित थपिए, १० जना डिस्चार्ज

विराटनगर, ८ साउन–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरी र धनकुटामा २–२ र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४ पुरुष,...

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको स्तरोन्नती गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, ५ भदौ–प्रदेश सरकारले विराटनगर स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक जनशक्ति नियुक्त गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विज्ञसँग छलफल...

छोरा पक्राउ परेपछि शाहरुख खानको ६ अर्ब जोखिममा

मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्