विराटनगरमा पूर्वप्रहरीको लुटपाट धन्दा, दिनदहाडै १२ लाख लुटपाट

 न्यूज विराट
विराटनगरमा पूर्वप्रहरीको लुटपाट धन्दा, दिनदहाडै १२ लाख लुटपाट

विराटनगर । दुई जना पूर्वप्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ । लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पुर्वप्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

प्रहरीले लुटपाटमा संलग्न विराटनगर महानगरपालिका १ पानी टंकी बस्ने बर्ष ३८ का दिपक तामाङ र विराटनगर ४ का बर्ष ३६ का सुनिल थापालाई पक्राउ गरेको मोरङ प्र्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका उनीहरु दुवै जना पुर्व प्रहरी हुन् । संगठनभित्र पटक पटक कारवाहीमा परेपछि उनीहरुले एक वर्ष अगाडी राजिनामा दिएका थिए । उनीहरुले प्रहरी हौं भन्दै दुई जनाले विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीको १२ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो । मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिएका हुन् ।

प्रहरीका अनुसार रानीबाट विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को ठाउँमा पु¥याएर साहमाथि लुटपाट गरेका थिए । लुटपाटमा संलग्नले सुरुमा हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेको प्रहरीले जनाएको छ । त्यसपछि एक जना साहको मोटरसाइकलको पछाडि बसेर उनलाई विराटनगर–२ हनुमान मन्दिर पु¥याए । नियन्त्रणमा लिएर मन्दिर परिसरमा पु¥याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको डीएसपी दाहालले बताए ।

लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर घटनास्थलतर्फ जाँदै गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेको पाइयो,’ दाहालले भने, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ ।’

डीएसपी दाहालका अनुसार साहको नागरिकता, उनको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ। लुटपाट भएको रकमका बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पारिवारिक समस्याले साह भारततिर गएका कारण नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ । पीडित साहले भने बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको १२ लाख रूपैयाँ लुटपाट भएको प्रहरीलाई बताएका थिए ।

बहालवाला प्रहरी हौं भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै जना पूर्वप्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जागिर छाडेपछि गिरोह खडा गर्दै अपराध कर्ममा उनीहरु संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाट गर्ने गिरोहको अपराधिक पृष्ठभूमिका बारेमा समेत अनुसन्धान थालेको छ।

घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । ठाउँठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो । तामाङ बुधबार र थापा बिहीबार बिहान पक्राउ परेका हुन् । दुवै जनालाई विराटनगर–१ स्थित धनावत पुलनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले तामाङको घरको दराजभित्रबाट ५ लाख ६५ हजार रूपैयाँ बरामद गरेको छ । उक्त रकम साहबाटै लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ। लुटपाट गरिएका नागरिकता, पैसाको झोला, चेकबुक, एटीएम, ब्लुबुकसमेत प्रहरीले फेला पारेको छ । घटनामा संलग्न थापाको साथबाट केही बरामद भएको छैन ।

सम्बन्धित समाचार

सरस्वती स्कुलमा ५१ हजार १५५ रूपैयाँको अक्षयकोष स्थापना

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा ५१ हजार १५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय ढाकाबहादुर पुरीले आफ्नो बुवा, आमा र छोरीको नाममा अक्षयकोष स्थापना गरिदिएका हुन् ।...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप...

विश्व प्रेस स्वतन्त्रता दिवसमा दुई पत्रकार पुरस्कृत, एक पत्रकार सम्मानित

विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा दुई जना पत्रकारलाई पुरस्कार र एक जना अग्रज पत्रकारलाई सम्मान गरेको छ। शनिबार विराटनगरमा सम्पन्न कार्यक्रममा पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र...

कोशीमा गठबन्धनले सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनले बलमिच्याइँ गरेर फोहोरी खेल खलेको उनले आरोप लगाए । नेकपा एमालेको कोशी प्रदेश कमिटीको...

अन्तर–स्कुल क्रिकेट प्रतियोगिता, सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा विराटनगरको सरस्वती र सत्यनारायण मावी विजयी भएका छन् ।विराटनगरमा आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकाडेमीलाई ४८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १७...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्