नवजात शिशु विक्री प्रकरण : डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दायर, मंगलबारदेखि प्रतिवादीको बयान सुरू
सोमबार, २२ असोज, २०८०,
न्यूज विराट
विराटनगर । हस्पिटलबाट नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर सोमबार मुद्दा दायर गरेको हो । उनीहरूलाई अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको जिल्ला न्यायाधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ । अपहरणतर्फ सात वर्षदेखि दशवर्षसम्म कैद, व्यक्ति बेपत्तामा १५ वर्षसम्म मागदाबी लिएर अभियोग दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएकोले मंगलबार प्रतिवादीहरुको बयान हुने र बयान सकिए सोही दिन बहस हुने अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए ।
काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो । नेकपा एमालेका नेता...
काठमाडौं, १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...
काठमाडौं, १ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट कोरोना भाइरस (कोभिड–१९) बाट अन्त्य नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेका छन् ।नयाँ वर्षकाको उपलक्ष्यमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रकोप नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका हुन्...
काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे...
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ...
उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...
काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...
काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन...