परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

 न्यूज विराट
परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् ।

यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशलसहित अन्य कलाकारहरू सोमबार मेरील्याण्ड कलेज आइपुगेका हुन् ।


नेपाली चलचित्रलाई माया गर्नेहरुको कोशी प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले बताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरु माझ मनोरञ्जन प्रदान गरे । उनीहरुले उक्त चलचित्रको चर्चित गीतमा नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाए । उनीहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिए । उक्त चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ गतेदेखि प्रदर्शन हुदैछ ।

चलचित्रमा केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लु, नारायण रायमाझी, राजेश वंशल, रमेश विजी लगायत कलाकारहरुको भूमिका रहेको छ । कलाकार प्रकाश सपुतले यो चलचित्र प्रत्येक नेपालीले एक पटक हेर्नै पर्ने चलचित्र भएको बताए । कार्यक्रममा कलाकारहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा केहि विद्यार्थीहरुले आ–आफ्नो कला पनि देखाएका थिए । कार्यक्रममा आभिनेत्री वर्षा सिवाकोटीले मेरिल्याण्डबारे जे सुनेको थिए यहाँको वातावरण त्यो भन्दा दोब्बर पाएको बताईन् ।

सम्बन्धित समाचार

भारतीय गायक मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपालमा

भारतीय प्रहरीको एक विशेष टोली नेपाल आएको छ । पञ्जाबका गायक सिद्धु मुसेवालाका हत्यारा खोज्न दिल्ली प्रहरीको विशेष टोली नेपाल प्रवेश गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले लेखेको छ । आइतबार मुसेवालाको हत्या भएको थियो । उनका...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...

लिटिल कोशीको उपाधि ओसियन र उपासनालाई

विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...

विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...

विद्यालय शिक्षाको आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं ६ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन् । बसाइँ स्थानान्तरण भएका विद्यार्थीको तथ्यांक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्