रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

 न्यूज विराट
रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

विराटनगर । मोरङको रंगेली नगरपालिकामा कार्यरत कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका छन् । संघीय निजामती सेवा ऐन संशोधनसहित स्थानीय तहका कर्मचारीको माग समावेश गर्न माग गदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संघीय सरकारको विरोध गरेका हुन् । 

आज कार्यालयमा उपस्थित भई ११ बुदे माग सहित कर्मचारीले विरोधको ब्यानर र हातमा कालो पट्टि बाधेर आफना मागहरु संघिय निजामती ऐनमा समावेश गर्न माग गरेका छन् । 

जस अन्तर्गत स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको पद स्थानीय सेवाकोनै रहने व्यवस्था हुनुपर्ने, निजामती परिभाषा भित्र स्थानीय तहको कर्मचारीलाई समेत समावेश गर्नुपर्ने, विना सहमती ७ सय ५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीमा सरुवा गर्नुपर्ने रहेको छ । 

त्यस्तै समायोजनका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई समान वृद्धि विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीलाई कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नुपर्ने,अस्थाई तथा करार कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, निजामती अस्पतालबाट प्राप्त हुने सेवासुविद्या उपलब्ध गराउनुपर्ने, जुनसुकै तहको विज्ञापनमा उमेरहद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गर्नुपर्ने तथा स्थानीय सेवाका कर्मचारीहरुलाई टे«ड युनीयनको अधिकार प्रदान गर्नुपर्ने माग सहित कर्मचारीहरुले विरोध कार्यक्रम गरेका छन् । 

उनीहरुले १३ सदस्यीय संघर्ष समितिसमेत गठन गरेका छन् । ब्रजेस कुमार मेहताको संयोजकत्वमा गठित संघर्ष समितिले सरकारविरुद्धको आन्दोलनको रंगेलीमा नेतृत्व गर्नेछ । 

संघर्ष समितिको सह–संयोजकमा ऋषव न्यौपाने, सचिवमा दिपक प्रकाश तिम्सिना, सहसचिवमा पशुपतिलाल दास र कोषाध्यक्षमा रुपा सुनुवार चयन भएका छन् ।

समितिको सदस्यहरुमा सन्दिपकुमार झा, विरेन्द्रकुमार मण्डल, दिपक खतिवडा, जय प्रकाश घिमिरे, बुबराज भट्टराई, धर्मेन्द्र कुमार मण्डल, विनिता वादे र रविन्द्रकुमार पण्डित चयन भएका छन् । 

सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको माग सम्बोधन नहुदासम्म सशक्त आन्दोलन गर्ने, प्रत्येक पालिका, वडा कार्यालयमा पुर्ण रुपमा पेन डाउन गर्ने लगायत कार्यक्रम रहेको संघर्ष समितिका संयोजक मेहताले बताए । देशव्यापी रुपमा स्थानीय तहका कर्मचारीले असोज ८ गतेदेखी सो ऐनको विरोध गर्दै आन्दोलित भएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी

बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले...

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगर, २५ साउन–प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष,...

ओली-प्रचण्ड छलफल, भोलि फेरि भेट्ने ‘महत्त्वपूर्ण सहमति’

काठमाडौं, १९ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच 'भोलि फेरि भेट गर्ने सहमति' जुटेको छ । पार्टीभित्रको गतिरोध अन्त्य गर्न बालुवाटारमा छलफलका लागि जुटेका अध्यक्षद्वय आ–आफ्नो अडानमा कायम रहेपछि २...

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र...

आजदेखि खुल्दै सेयर बजार

काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्