प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

 न्यूज विराट
प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन भई अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अपराध नियन्त्रणका लागि अहोरात्र खटी महत्वपूर्ण भूमिका खेलेको भन्दै ठाकुरलाई उत्कृष्ट प्रहरी घोषित गरेको सुनसरी प्रहरीले जनाएको छ । अपराध नियन्त्रणका लागि अहोरात्र खटी महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै उच्च मनोवल र साहसका साथ अपराधिक गतिबिधीमा संलग्न अभियुक्त तथा मानिसहरु पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिक समक्ष सुरक्षाको प्रत्याभुती दिलाउदै प्रहरी संगठनको छबी उच्च बनाउन प्रशंसनिय कार्य गरेकाले ठाकुरलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको सुनसरी प्रहरीका प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार

सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...

विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग

विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् । टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी...

लकडाउनभर घरमा बसेका कर्मचारीलाई सार्वजनिक बिदा

काठमाडौं, १५ वैशाख-९ चैतपछि लकडाउनका कारण कार्यालय जान नपाएका सबै कर्मचारीलाई सरकारले  बिदा दिने भएको छ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरी लकडाउनका कारण कार्यालय जान नसकेका कर्मचारीको ९ चैतयताको बिदालाई सार्वजनिक बिदामा परिणत गरेको हो...

अर्किड र न्यू मून सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड स्कुल र न्यू मून स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्र्किड...

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान, दलहरूलाई प्रदेश प्रमुखले दिए असोज २६ गतेसम्मको म्याद

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्