विराट नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी

 न्यूज विराट
विराट  नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो ।

हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक लिएर आएको जानकारी गराएको छ । हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् । यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ । हेल्थ रेकर्ड बुकमा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्कीले जानकारी दिए । ‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँच योग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपतकालिन आवथामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौं । जहाँ स्वास्थय सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ डा. कार्कीले भने । स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदाने गर्ने जनाएको छ ।

हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इएनटी र छाला रोगको सेवाहरु ओपीडिमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स, निदान र आइपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पि.आइ. सी.यू भर्नासहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ ।
पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नविकरण शुल्क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालवाकिलासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् ।
स्वास्थ्य रेकड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डाक्टर दिपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबावुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ,’ डाक्टर अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतवनाी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदिसहित बहुमूल्य जानकारी प्रदान गरिएको छ ।’


स्वास्थ्य रेकर्ड पुस्तक अहिले विराटनगरको लिलीपुट प्रिमियर स्कुल, मोर्डन ऐरा र न्यू यरो किड्समा सम्झौता गरेर लागू गरिएको कार्यक्रम संयोजक कृष्ण कडेलले जानकारी दिए । विस्तरै अन्य विद्यालयहरुमा पनि सम्झौता गरिने उनले बताए ।

सम्बन्धित समाचार

महिलाको चरित्र हत्या गर्दै भिडियो प्रसारण गर्ने चार युट्युबे पक्राउ

काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की...

विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको...

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

नेकपा विभाजन नहुने निर्वाचन आयोगको संकेत

काठमाडौं, २५ पुस-नेकपा प्रधानमन्त्री ओली र प्रचण्ड–माधव नेपाल दुवै समुहले आधिकारीक नेकपा आफ्नो भएको दावी गरेपनि कानुनी रुपमा भने विभाजन नहुने संकेत देखिएको छ । केन्द्रदेखि वडा तहसम्म विभाजन भई अलग अलग कार्यक्रम तथा गतिविधि...

ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

विराटनगरमा माओवादीको संगठन सुदृढिकरण अभियान सुरु, उद्घाटनमा खुल्ला रक्तदान

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाले पूर्वेली संगठन सुदृढिकरण अभियानको उद्घाटन गरेको छ । विराटनगरस्थित अखिल नेपाल टे«ड युनियन महासंघ मोरङको कार्यालयमा शनिबार विहान एक कार्यक्रम आयोजना गरी उक्त अभियान विराटनगरमा सुरु गरेको हो...

पत्रकारको उपचार गर्दा लागेको खर्च र हराएको संचार उपकरणको क्षतिपूर्ति दिन पत्रकार महासंघको माग

विराटनगर । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्वार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउने क्रममा घाइते भएका संचारकर्मीको उपचार खर्च र क्षति भएको संचार उपकरणको क्षतिपूर्ती दिनुपर्ने माग गरिएको छ । नेपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्