क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

 न्यूज विराट
क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत नर्सहरुको लागि तालिम दिएको हो ।


तालिममा बेसिक क्रिटिकल केयर तर्फ काम गर्ने २४ जना र बेसिक फर नर्ससेस तर्फ ४८ जनाको सहभागिता रहेको थियो ।
क्रिटिकल केयरमा काम गर्ने प्रत्येक डाक्टर तथा नर्सहरूले यो तालिम अनिवार्य लिनुपर्ने बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन कोर्षका डाईरेक्टर डा. ललित राजबंशीले जानकारी दिए ।

बेसिक फर नर्ससेस तालिम चाईनिज युनिवर्सिटी अफ होंगकोङ्गले तैयार पारेको हो । विश्वभर मान्यता प्राप्त कोर्ष रहेको बताइएको छ । दुई दिने तालिम बिराट मेडिकल कलेज सिमुलेसन ल्याब टंकीसिनुवारीमा सम्पन्न भएको हो । तालिममा नेपालका विभिन्न अस्पतालका नर्सहरुले सहभागीता रहेको थियो ।
सहभागीहरूले यो तालीम निक्कै फलदायी भएको र सघन उपचार कक्षमा कामगर्न निक्कै सहज हुने बताएका छन् । तालिम लिन छुटेकाका स्वास्थ्यकर्मीहरुले आगमी दिनमा लिने बताएका छन् । सहभागीहरूलाई प्राध्यापक डा. सुवाष प्रशाद आचार्य, प्राध्यापक डा. शितल अधिकारी, डा.ललित राजवंशी, डा. वात्सल्य अर्याल, डा.कुमोद प्याकुरेल, डा. दिप्तेश अर्याल, डा. कनक खनाल, डा. दिपक पौडेल , डा. गुन्जन रेग्मी, डा. अनुजा पोख्रेलले सघन उपचार तथा भेन्टिलेटर सम्बन्धि तालीम दिएका थिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...

डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...

बुढीगंगामा फेरि गाेली चल्याे

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए

विराटनगर, २० साउन–प्रदेश १ मा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज...

भारतमा पब्जीसहित १ सय १८ चिनिया एप्समा प्रतिबन्द

एजेन्सी, १७ भदौ-भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध...

स्थायी कमिटी बैठक रोकेर पाँचौँ पटक ओली-प्रचण्ड वार्तामा

काठमाडौं, २३ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुनः वार्ता सुरु भएको छ । दुईदुई पटक स्थायी कमिटी बैठक स्थगित गरेर विवाद मिलाउन बसेका ओली-प्रचण्ड आज पनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्