न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

 न्यूज विराट
न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो ।

उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । सिटी क्लिनीक सुविधा सम्पन्न पाँच तलाको भवनमा रहेको छ ।
सिटि क्लिनीकको ओपीडी समय विहान ८ः३० देखि १०ः०० र बेलुकी ०५ः०० बजे पछि हुने अटल क्लिनीक एण्ड प्याथल्याबका प्रबन्ध निर्देशक सुरेश चन्द्र अटलले जानकारी दिए । सो क्लिनीकमा न्यूरोका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । पहिलो तलामा विशेषज्ञ चिकित्सकले ओपीडिमा विरामीको स्वास्थ्य जाँच गर्नेछन् । दोस्रो तलामा प्रयोगशाला र रेडियोलोजी रहेको छ । तेस्रो तलामा स्त्री रोग, हाड जोर्नी, पाँचौ तलामा छाला तथा सौन्दर्यको स्वास्थ्य परीक्षण हुनेछ ।

बिराटगनरको स्वास्थ्य क्षेत्रमा दशकौं देखी सेवाग्राहीहरुको माझमा भरोसाको पयार्य बन्न सफल दुई संस्था न्यूरो अस्पताल र अटल फार्मेशीको साझा स्वामित्वमा सिटी क्लिनीक संचालन आएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । अटल फार्मेशीको स्वामित्वमा रहेको अत्याधुनिक भवनमा न्युरो अस्पतालमा कार्यरत बरिष्ठ विशेषज्ञ चिकित्सकहरुको सेवाको सुविधा सेवाग्राहीहरुले आफ्नो पायक समय र ठाँउमा गर्नुहुनेछ जहाँ बिरामी मैत्री माहौल पाउनु हुने उनले बताए । ‘हाम्रो यो साझा प्रयासले स्वास्थ्य सेवाग्राहीहरुको अपेक्षालाई सम्बोधन गर्नेछ । वभिन्न पेशामा व्यस्त रहुन भएका पेशाकर्मी बिराटनगरवासी जसलाई कार्यालय समयमा आफनो तथा आफनो आफन्तहरुको स्वास्थ्य जाँचको लागी समय निकाल्न चुनौती रहेको छ,’ उनले भने, ‘उहाँहरुको स्वास्थ्य आवश्यक्तालाई मध्यनजर गरी सिटी क्लिनीकको अवधारणा अगाडी ल्याएका हौं ।’

स्वास्थ्य क्षेत्रमा विगत २३ वर्ष देखी अविच्छिन्न रुपमा विभिन्न प्रकारको मल्टिसपेशयालिटी हस्पिटल तथा त्यसैगरी औषधी व्यवसायको माध्यमबाट न्युरोले स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । विगत ३–४ दशक देखी विराटगरको स्वास्थ्य क्षेत्रमा आफनो विशेष पहिचान बनाउन सफल अटल फार्मेशी विचमा पवित्र उद्देश्य सहित स्वास्थ्य क्षेत्रमा सहकार्य गरी सिटी क्लिनीकको सुरुवात गरिएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टले बताए ।

सम्बन्धित समाचार

सौन्दर्य कला ब्यवसायी संघ विराटनगरमा गठन, अध्यक्षमा जुली प्याकुरेल

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरमा गठन भएको छ । विराटनगरमा आज भएको सौन्दर्यकर्मीहरूको भेलाले जुलि प्याकुरेलको अध्यक्षतामा सात जनाको कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा आशा पाण्डे, सचिबमा हिरा प्रधान र कोषाध्यक्षमा...

शेरबहादुर फर्किए प्रचण्ड–माधव समूहमा

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...

मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा...

विराटनगर महानगरलाई सबैभन्दा कम बजेट

विराटनगर, २० जेठ । विराटनगरमा आगामी आर्थिक वर्षका लागि सवै भन्दा कम बजेट परेको छ । देशका ६ महानगरमध्ये आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा कम बजेट विराटनगर महानगरपालिकाले पाएको हो । विराटनगरले ललितपुर भन्दा...

समुदायमा कोरोना कहरः संक्रमण रोकथामका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने

विराटनगर,साउन १६–कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवस्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा शुक्रबार बसेको बैठकले परिस्थितिको विश्लेषण गरि...

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका...

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

कांग्रेस प्रवेश गरेका बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्