कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

 न्यूज विराट
कानुन र संविधान मिच्ने छुट कसैलाई छैन : गृहमन्त्री

विराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशको नामकरणको विपक्षमा आन्दोलन गर्ने स्वतन्त्रता भए पनि कानुन र संविधान मिच्ने छुट नभएको बताएका छन् ।

सोमबार गृह मन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले आन्दोलनको नाममा कसैलाई हिँडडुलमा अवरोध र आक्रमण गर्न नपाइने बताएका हुन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विभिन्न राजनीतिक दलका नेताहरुलाई हिँडडुलमा अवरोध गर्दै आएको थियो । ‘¥याली गर्न पाइयो, आमसभा गर्न पाइयो, विचार राख्न पाइयो, लेख लेख्न पाइयो । तर एक ठाउँबाट अर्को ठाउसँमा जान अवरोध उत्पन्न गर्ने वा प्रदेशसभाका सदस्यलाई अवरोध उत्पन्न गर्न पाइँदैन यसमा विचार गर्न सबैलाई म विनम्रतापूर्वक अनुरोध छ’, उनले भने ।

सम्बन्धित समाचार

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्टिय सम्मान

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या...

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...

गोकुल बाँस्कोटा भन्छन् : डिजाइनअन्तर्गत प्रधानमन्त्रीमाथि हमला 

काठमाडौं, १६ असार-पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेलगायत विषय डिजाइनअन्तर्गत भएको टिप्पणी गरेका छन् । जारी स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा मागेपछि नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले सामाजिक...

लामो दूरीका यातायात र हवाई उडान १५ भदौसम्म नखोल्ने सरकारको निर्णय

काठमाडौं, २६ साउन-सरकारले लामो दूरीको सार्वजनिक यातायात, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनः १५ भदौसम्म रोक लगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै यस्तो...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

कान्तिपुर स्कुलको भव्य भयो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका...

आलटाल नगरौं, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : बाबुराम भट्टराई

काठमाडौं, माघ १७ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता छिटो भन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता...

ऐतिहासिक दूधमती नदी संरक्षणमा युवा सक्रिय

जनकपुरधाम, २३ जेठ-‘दूधमती नदीलाई संरक्षण गराैँ, नदीमा माछा मार्न निषेध’ नारासहित यहाँका केही युवा जनकपुरधामको ऐतिहासिक दूधमती नदी संरक्षणमा सक्रिय भएका छन् । जनकपुरधाम-२२ का युवाहरूले दूधमती नदी संरक्षणका लागि ठाउँठाउँमा सन्देशमूलक पेन्टिङ गरिरहेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्