एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

 न्यूज विराट
एमाले कोशी प्रदेशको अधिवेशन, अध्यक्षमा चार जनाको प्रतिस्पर्धा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी देखिएको छ । कोशीमा विभिन्न पदका आकांक्षीहरू निर्वाचनसम्मै जानुपरे पनि पछाडि नहट्ने भनेर तयारीमा जुटेका छन् ।

एमाले कोशीको अधिवेशन असोज १२ र १३ गतेका लागि तय भएको छ । कोशी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । साथै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत गृह प्रदेश भएकाले ओली र भण्डारीको कित्तामा बाँडिने गरी आकांक्षीहरूबीच ध्रुवीकरण देखिन थालेको हो ।

एमालेले निर्वाचित प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेको छ । यसकारण पनि प्रदेश अध्यक्ष बन्न नेताहरु तीब्र कसरत गरिरहेका छन् । प्रदेश अध्यक्षका लागि एमालेका केन्द्रीय सदस्यसमेत रहेका विनोद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले दौडधूप गरिरहेका छन् । ‘कोशी प्रदेशमा सर्वसम्मतिको प्रयास हुन्छ । मलाई लाग्छ सहमतिबाटै नेतृत्व चयन हुन्छ । अन्तिममा सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने विषय हाम्रो पार्टीमा अभ्यासकै रुपमा आएको छ । त्यही हुन्छ,’ एमाले नेता शेरधन राईले भने ।

अर्का एमाले नेता जीवन घिमिरेले प्रतिनिधि छनौटको अवस्था सकिएपछि अध्यक्षका आकांक्षीहरु थपघट हुनसक्ने बताए । पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । हक्की र सहयोगी स्वभावका उनी एमालेभित्रका परिचित व्यक्ति पनि हुन् ।

विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका मात्रै नभइ पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका छन् । प्रदेशको राजधानी विराटनगरमा रहेर एमालेलाई जोगाउन ढकालले खेलेको भूमिका प्रसंशनीय रहेको कतिपय बताउँछन् ।
यस्तै उत्तरी मोरङ लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । ढकालको तुलनामा उनी कमजोर छन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै थिए ।
हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । पहिलो प्रदेशसभाको कार्यकालमा संखुवासभाबाट निर्वाचित उनी पनि सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।

एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ पूर्वसांसद पनि हुन् । उनी लामोसमयदेखि ओली समूहमै रहँदै आएका नेता हुन् । अध्यक्षका आकांक्षीहरु प्रतिनिधि छनौट भइसकेका छन् ।
अधिवेशनको प्रतिनिधि छनौट १२ जिल्लामा सम्पन्न भएको छ । एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् ।
नेकपा एमाले कोशी प्रदेशका सचिव तिलचन पाठकका अनुसार उदयपुरका केही पालिका र सुनसरीका अधिकांश पालिकामा प्रतिनिधि चयनको काम भइरहेको छ । ‘शनिबार बेलुकासम्ममा सबै जिल्लाबाट प्रतिनिधि छनौटको काम सकिन्छ,’ उनले भने ।
अधिवेशनका लागि ताप्लेजुङबाट ४८, पाँचथरबाट ३०, इलामबाट ७७, झापाबाट १८१, संखुवासभाबाट ३९, तेह्रथुमबाट ४३, भोजपुरबाट २७, धनकुटाबाट ७२, सुनसरीबाट ९६, मोरङबाट १७८, सोलुखुम्बुबाट १६, ओखलढुंगाबाट ४२, खोटाङबाट ५६, उदयपुरबाट ३६ जना र जनसंगठनबाट ५६ र मनोनित ५० जना प्रतिनिधि छनौट हुने बताइएको छ ।
अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन् ।

सम्बन्धित समाचार

खार्जी विद्यालयमा खेलकुद सामग्री वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जी विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले क्यारम्बोर्ड, ब्यान्डमिन्टन, फुटबल, स्किपिङ, लुडो लगायतका खेलकुद सामग्रीहरू वितरण गरेको हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका...

पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडौँ, २३ कात्तिक-राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा (एमाले)का...

लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय...

आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

महिला च्याम्पियनसिपको फाइनल आज, म्यानमारसँग भिड्दै नेपाल

विराटनगर । अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज हुँदैछ। बुधबार साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइलन खेल हुँदैछ। प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन्। दुवैले लिग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्