उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता
बिहिबार, ०४ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता जनाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कनट्याक्ट लगायतको सहभागितामा सम्मेलन आयोजना गरिएको थियो । लगानी सम्मेलनमा चिया, माछा, अलैँची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिबद्धता प्राप्त भएको हो ।
सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाए । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराइएका थिए ।
इलामको रक्तकाली टी इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्य दृष्टि वेनेरेसन एन्ड एग्रो कन्सर्ट प्रालि विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिननाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाती अर्ग्यानिक प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए । आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत १० जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये बिहीबार आयोजित कार्यक्रममा आठ जना उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नविनतम् खोजलाई प्रवर्द्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सिपको विकास बिना मुलुकको विकास नहुने बताए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा।सरोज कोइरालाले उद्योग र उद्यमशीलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताए । कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरुले इमानदारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले दिए । आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने, रोजगारी वृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहसित उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बताए ।
यसै गरी,सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरुलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन् । आद्यन्त फण्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरूलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप वृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रमका अवसरमा आध्यन्त फण्डले विगत ८ महिना यता कोशी प्रदेशमा उद्यमशीलताको विकासको क्षेत्रमा गर्दै आइरहेको सहयोग बारे तयार पारिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी सङ्घसंस्था र उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको सहभागिता थियो ।
एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश...
कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...
विराटनगर, बैशाख २०–विभिन्न सामाजिक काम गर्दै आएको परिवर्तनकालागि हातेमालोले मास्क वितरण गरेको छ ।आज परिवर्तनका लागि हातेमालोले प्रहरी प्रशासन, तथा अति विपन्न वस्तिमा ७ सय थान मास्क बितरण गरेको हो । उनीहरुले हाम्रो अभियान हाटखोला...
विराटनगर । विराटनगर–७ स्थित ग्रेडेड इङ्लिस मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १० की छात्रा कृतिश्री थापा प्रथम भएकी छन् ।‘भाग्यभन्दा परिश्रम ठूलो’ विषयक वादविवाद प्रतियोगितामा पक्षमा आफ्नो तर्क राखेर थापा प्रथम भएकी...
विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो । शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३...
डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।करिव ४ महिनाको अवधिमा चीनमा देखिएको संक्रमितको संख्या भन्दा विश्वमा पछिल्लो १ दिनमा संक्रमण देखिनेको संख्या बढी छ । चीनमा हालसम्म...
विराटनगर, साउन २१–समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै विराटनगर महानगरपालिकाले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमित कारोबार बन्द गर्न आव्हान गरेपछि बुधबारदेखि सबै वित्तीय संस्थाहरुले आर्थिक कारोबार बन्द गर्न सहमत भएका छन् । महानगरपालिकाले बैंक...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले महिलाहरूको महान् चार्ड तीज पर्व मनाएका छन् ।सौन्दर्यकर्मीहरूले विराटनगरमा बुधवार एक भव्य कार्यक्रम आयोजना गरी तीज विशेष कार्यक्रम आयोजना गरी मनाएका हुन् । उनीहरूले तीजको अवसर...