प्रहरी सहायक निरिक्षक आचार्यले सिटी चालकलाई दिए ट्राफिक सचेतना
आइतबार, ३१ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । ट्राफिक प्रहरी पोष्ट निमुवा मोरङले १ सय भन्दा बढि सिटीसफारीका चालकलाई ट्राफिक नियमबारे सचेतना जगाएका छन् ।
मुख्य सडक मार्गदेखि सहायक सडक मार्गमा सिटीसफारी चलाउँदा चालकले पालना गर्नुपर्ने सवारी साधन नियमका बारेमा सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ अन्तर्गतको निमुवा ट्राफिक प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक तुलामणी आचार्यले सिटीसफारीका चालकलाई आफ्नो र सिटीसफारीमा यात्रा गर्ने सर्वसाधारणलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउनका लागि सवारी नियमको अनिवार्य रुपमा पालना गर्नुपर्ने सचेतनामुलक कार्यक्रममा प्रशिक्षण प्रदान गरिएको थियो ।
बुढिगंगा गाउँपालिका ३ बाँसवारी स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा आयोजित सचेतनामुलक प्रशिक्षण कार्यक्रममा बुढिगंगा गाउँपालिकका अध्यक्ष जितु थापा मगरको सहभागिता रहेको थियो । अखिल नेपाल यातायात मजदुर संग बुढिगंगा गाउँपालिका कमिटिले सिटीसफारी चालकलाई सचेतनामुलक प्रशिक्षण कार्यक्रममा सहभागिता गराउने पहलकदमी लिएका थिए ।
विराटनगर । मोरङको कटहरीमा सोमबार आयोजित रोजगार मेलामा नौ सय जना दक्ष जनशक्तिले रोजगारदाताहरुसँगको सम्पर्कमा पुगेका छन् ।स्वदेशमै कामको खोजी गरिरहेका तथा वैदेशिक रोजगारबाट फर्किए युवाहरुलाई रोजगारदाताको सम्पर्कमा पु¥याउने उद्देशयले अन्तर्राष्ट्रिय श्रम संगठनको वेलकम होम...
काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...
विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...
विराटनगर । मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले कैदी बन्दीहरुलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...
काठमाडौं, ३ भदौ-सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले...
काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...
विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३...
नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...