प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

 न्यूज विराट
प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

विराटनगर । प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मोरङको उर्लाबारीस्थित सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।
प्याब्सन मोरङले विराटनगरमा बुधबार आयोजना गरेको प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो ।

जितसँगै सप्तकोशीले नगद १५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि हात पारेको छ । साविक विजेता विराटनगरको मदरल्याण्ड एकाडेमी फस्ट रनरअप भएको छ । मदरल्याण्ड एकोडेमीले नगद १० हजार रुपैयाँ पाएको छ ।
प्रतियोगिताको सेकेण्ड रनरअफ सुन्दहरैचाको सुविजिमुर मेमोरियल स्कुलले जितेको छ । सुविजिमुरले नगद ५ हजार रुपैयाँ पायो ।
प्रतियोगितामा मोरङ जिल्लाको प्याब्सनमा आवद्ध ४० वटा स्कुलहरु सहभागि रहेको मोरङ अध्यक्ष प्रेमसिंह सुवालले जानकारी दिए ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, केन्द्रीय प्राज्ञिक परिषदका सदस्य रमेश मिश्रा, प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सन मोरङ अध्यक्ष प्रेमसिंश सुवाल प्याब्सन मोरङका वरिष्ठ सल्लाहाकार सावित्रा पराजुलीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताए । मेयर कोइरालाले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको प्रस्ट पारे । घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेको आग्रह थियो । विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेको उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ः भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने पहिलो मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...

प्रदेश १ मा आत्महत्या विरुद्धको विशेष अभियान सुरु (फोटो फिचर)

विराटनगर । प्रदेश १ मा आत्महत्याले विकराल रूप लिएपछि आत्महत्या रोकथाम एवं नियन्त्रण गर्न विशेष अभियान सुरु भएको छ । १ नंं .प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा प्रदेश १ मा...

बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा

काठमाडौं, जेठ ४-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा...

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा सूदुरपीश्चम र कर्णालीलाई सफलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

नेपालमा थप एक जना कोरोना संक्रमित भेटिए

नेपाल थप एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । दुबईबाट फर्केका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको हो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका...

लमजुङमा भूकम्प : चार जना घाइते, एक दर्जन घरमा क्षति

पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका– ३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका– ६ का ३६ वर्षीय उमा गुरुङ, वडा...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्