सहकारीको नाममा मिटरब्याजको धन्दा !

 न्यूज विराट
सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ ।

अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको हो । एकजना पीडितले नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर सहकारी सञ्चालकले मिटरब्याजको धन्दा चलाउँदा आफूलगायत धेरैजना पीडित भएको खुलासा गरेका छन् ।

विराटनगरमा रहेको लाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले सहकारीको नाममा जग्गा दृष्टिबन्धक गरेर उनले करोडौं रुपैयाँ नगद लगानी गरी मिटर ब्याज असुल्ने गरेको विराटनगर ४ का ४५ वर्षे लक्ष्मण घिमिरले बताए । सहकारीको नाममा लगानी गरेपनि पोखरेलले उक्त कर्जा सहकारीको खातामा वा बैंकको चेक मार्फत नगरी नगदै कारोबार गर्ने गरेको घिमिरेले जानकारी दिए ।

घिमिरेले २०७१ सालमा हार्डवेयर व्यवसाय संचालन गर्न पोखरेलबाट ३९ लाख रुपैयाँ कर्जा लिएका थिए । सहकारीबाट कर्जा लिएका घिमिरेले धितो सहकारीकै नाममा दिए । उनले मोरङको ग्रामथानमा रहेको १ बिघा १६ कठ्ठा र बुढीगंगामा रहेको ४ कठ्ठा जग्गा सहकारीको नाममा धितो पास गरिदिएका थिए । तर सहकारी सञ्चालकले सहकारीको खातामा कर्जा बापतको रकम जम्मा गरेनन् । सहकारीको नाममा कर्जा लगानी गरेको रकम बराबरको अन्य बैंकको चेक पनि दिएनन् बरु नगदै घरमा पु¥याइदिए ।

पोखरेलले ३९ लाख रुपैयाँ ऋण दिएको भएपनि पछि कपाली तमसुकमा ३ करोड ऋणको बनाएको उनले बताए । ०७१ सालमा लिएको ३९ लाख रुपैयाँ ऋण विभिन्न मितिमा पटक पटक गरी ७ करोड रुपैयाँ तिरेको घिमिरेले दाबी गरेका छन् । ‘३९ लाखको ऋण ७ करोड तिरिसकें । अझै ६ करोड तिनुपर्ने भनिरहेका छन् । ऋणको साँवा र ब्याज तिरिसक्दा भएको हार्डवेयरको पसल र अरु सम्पत्ति सक्किसक्यो, भएको सम्पत्ति बेचेर म सडकमा आइसकें । अझै ६ करोड बुझाए मात्र जग्गा फिर्ता गर्छु भनिरहेका छन् । अब मेरो तिर्ने सामथ्र्य सकिइसकेको छ । तर, उनीबाट निरन्तरको टर्चर थेक्नै नसक्ने गरी आइरहेको छ,’ पत्रकार सम्मेलन गर्दै घिमिरेले भने ।

भएको सम्पत्ति सकिएपछि बाध्य भएर मिटरब्याजीलाई कारवाहीको माग गर्दै प्रक्रिया सुरु गरेको उनले बताए । घिमिरेले सहकारीका अध्यक्ष पोखरेल र सहकारीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । ‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्,’ उनले भने, ‘३९ लाख ऋणको ७ करोड तिर्दासमेत कहिल्यै ऋण चुक्ता ंभएन ।’ साहुले अझै साँवा र ब्याज गरेर ६ करोड बाँकी रहेको भन्दै आफूलाई सो रकम तिर्न ताकेता गरिरहेको उनको गुनासो छ । ताकेता गरेर हैरान बनाएपछि उनले कानुनी उपचारको सहारा खोज्दै उजुरी दिएका हुन् ।

यता सहकारीका अध्यक्ष पोखरेलले ऋण तिर्न नसकेपछि घिमिरेले आफूलाई आरोप मात्र लगाएको बताए । विधि र प्रक्रियासंगत तरिकाले ऋण लगानी गरेको उनले बताए । ‘अहिले आएर साँवा र ब्याज तिर्न नसकेपछि उल्टै सहकारीको बदनाम गराउँदै हिडेको हो,’ उनले भने ।

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २२० जना मिटरब्याज पीडितले निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला  प्रदीप अधिकारी साहले जानकारी दिए । प्रशासनमा दर्ता भएका २२० मध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति बन्न नसकेपछि अदालत पठाएको उनले बताए । १६३ निवेदन बिचारधीनमा रहेको छ ।

सम्बन्धित समाचार

सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै 

सुर्खेत, २९ जेठ-प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो । अस्पतालमा...

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन...

आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका...

कोरोना परीक्षणको दायरा बढाउन प्रदेश १ का जिसस प्रमुखहरुको माग

विराटनगर, वैशाख १७–प्रदेश १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनीहरुले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिलाई बढाउन माग गरेका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको भिडियो कन्फ्रेन्समा...

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः थप एक लुटेरा पक्राउ

विराटनगर, २ कात्तिक । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियस्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा संलग्न मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको...

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी

काठमाडौं, ११ असार-कोरोना संक्रमण जोखिम बढेपछि भक्तजनलाई प्रवेश रोकिएको पशुपतिनाथ मूल मन्दिरमा सुरक्षित दर्शनको व्यवस्था गर्ने तयारी भइरहेको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि मात्रै भक्तजनलाई दर्शन गर्न दिने र स्वास्थ्य सुरक्षाका सावधानी अपनाउने...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्