मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

 न्यूज विराट
मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको सुन, चाँदीका गरगहना चोरी भएको हो ।

भदौ १५ गते बिहान ४ बजेको समयमा सुन पसलबाट एक तोला सुन र नगद पैसा चोरी भएको थियो । चोरी गर्ने मोरङ रतुवामाई नगरपालिका ५ वस्ने वर्ष २५ का संजय पासवान र सोही ठाउँका वर्ष २२ का मुना मण्डल रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । चोरी गरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी डाइनियाले उनीहरुलाई पक्राउ गरेको हो । सोनारको पसल र प्रहरी चोकी डाइनिया निजकै रहेको छ । पसलको सामान चोरी गरेर भाग्ने क्रममा प्रहरीले देखेपछि उनीहरुलाई पक्राउ गरेको इप्रका रंगेलीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट सुनको गरगहाना, ३४ ट्याबलेट लागूऔषध र चोरी गर्न प्रयोग हुने साधन समेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई लागु औषध तथा चोरी मुद्दामा मोरङ अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ३२ साउन|प्रदेश १ को राजधानी विराटनगरमा शंकास्पद व्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन कार्य रोकिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन गर्ने काम नै अबरुद्ध...

आरती स्ट्रिप्सका थप २१ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, साउन ३०-मोरङको बुढीगंगा गाउँपालिका-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा थप २१ कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमा  बिहीबार कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये अधिकांश कामदार भारतीय नागरिक रहेको बुढीगंगा...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय १३ संक्रमिात थपिए, २८ जना डिस्चार्ज

विराटनगर, ५ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २...

ग्रिनल्याण्ड स्कुलले मनायो अभिभाव दिवस

विराटनगर । विराटनगर – ५ स्थित ग्रिनल्याण्ड स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले अभिभावक दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्यो । स्कुल...

इप्रका रामपुर ठोक्सिलालाई सफलता, तस्करी हुन लागेको गाँजासहित एक जना पक्राउ

विराटनगर । प्रहरीले भारत तस्करी हुन लागेको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । उदयपुर बेलका नगरपालिका –९ भचुवा बस्ने २१ वर्षिय रबिन राईलाई १३ केजी गाँजासहित आइतबार पक्राउ गरेको हो । ईलाका प्रहरी...

सीमा सुरक्षा कमजोर भएको परराष्ट्रमन्त्री ज्ञवालीद्वारा स्वीकार

 काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्