संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

 न्यूज विराट
संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए भने अर्को प्रतिस्पर्धी विजय धिमालले १ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका खड्का यसअघि संचार क्लबका उपाध्यक्ष रहेका थिए भने भण्डारी पुर्व अध्यक्ष हुन् । धिमाल निर्वतमान महासचिब हुन् । महासचिबमा तिलक नेपाली निर्वाचित भएका छन् । उनले २३ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी प्रेमकेडी भट्टराईले १६ मत पाए ।

संचार क्लबको अध्यक्ष र महासचिब पदमा निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएको छ । क्लबको उपाध्यक्षमा सुमन घिमिरे , सचिब खनेन्द्र राइ , कोषध्यक्ष इश्वर दुलाल चयन भएका छन् ।

सम्बन्धित समाचार

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

बुधबारदेखि सक्रिय हुँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाले भोलि (बुधबार) देखि मनसुन सक्रिय हुने जानकारी दिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएसँगै प्रदेश १, प्रदेश २, बागमती...

प्रदेश सरकारको सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुँदै

विराटनगर, माघ १८–प्रदेश नं. १ सरकारको आर्थिक सहयोगमा विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन हुने भएको छ । विराटनगर स्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसँगको सहकार्यमा मण्डला थिएटर नेपालले चर्चित नाटक ‘महाभोज’ आगामी माघ २२ र २३...

चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...

विराटनगरमा २१ सहित प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण

विराटनगर, १ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास...

काठमाडौं उपत्यकामा आज २ सय ५२ जनामा कोरोना

काठमाडौं, ११ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा...

मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’

विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ । साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो ।...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्