विराटनगरमा माओवादीको मार्च पास, तीन महिने अभियान सुरू
शनिबार, १६ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो ।
माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने अभियान सुरु भएको छ । अभियानको प्रचारस्वरुप बिहान विराटनगरमा मार्च पास गरिएको हो । मार्चपासमा माओवादी केन्द्रका नेता तथा कार्यकताहरुका सयौं युवाहरु सहभागी रहेको थियो । विराटनगरको सहिद दिवाकर चोकबाट सुरू भएको मार्च पास विराटनगर महानगरपालिका हुँदै गोल्सा चोक भएर ट्राफिक चोकमा आएर कार्ण सभा भएको थियो । कार्यक्रममा बोल्दै माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले आर्थिक रुपान्तरण र देश विकासको लागि माओवादीले नारा लिएर जनताको घरमा जाने बताए । राजनैतिक रुपान्तर भएकाले अब आर्थिक रुपान्तरण गरेर अगाडी बढनुपर्ने उनले बताए । आर्थिक रुपान्तरणको लागि माओवादी रुपान्तरण हुन जरुरी रहेको उनको भनाई छ ।
उक्त मार्चपासपछि विराटनगरका सबै वडामा कार्यक्रमहरु सुरु हुने बताइएको छ । घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै केन्द्रीय कार्यक्रम अनुसार १ बजेको कार्यक्रम सम्पन्न भएपछि माओवादीले विराटनगरको वडा नम्बर १८ मा वृहत सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौं, १० जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको अनौपचारिक बैठकमा संविधान...
जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र...
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...
विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका...
विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने...
विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...
काठमाडौं, ६ जेठ-सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका संक्रमितको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार मदाने गाउँपालिका-६ निवासी ४१ वर्षीय संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको हो । उनको स्वास्थ्य अवस्था गम्भीर भए...
काठमाडौं, २९ भदौ । एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध प्रदेश सांसद बिमला खत्री वलीले अपहरण तथा शरीर बन्धकमा किटानी जाहेरी दिएकी छन् । पोखरेल मुख्यमन्त्री पदमा रहँदा आफूलाई...