कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

 न्यूज विराट
कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने, न्यायाधीश खतिवडाले नहेर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो।

तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि सुनुवाइ नै नहुने भएको हो। सअघि खतिवडाको एकल इजलासले नै प्रारम्भिक सुनुवाइ गरेको थियो। खतिवडाले नै आज पूर्ण सुनुवाइका लागि पेसी तोकेका थिए। तर गोलाप्रथाबाट पेसी तोक्दा उनैको इजलासमा परेपछि सुनुवाइ नुहुने भएको हो।

प्रारम्भिक सुनुवाइ गरेकै न्यायाधीशकोमा पूर्ण सुनुवाइ गर्न नमिल्ने बाध्यात्मक व्यवस्था भने होइन। तर खतिवडाले यसअघि नै आफूले आदेश गरिसकेकाले पूर्ण सुनुवाइ नगर्ने भनेकाले आजै आदेश नहुने भएको हो।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष समेतको मतले बहुमत पुर्‍याएको भन्दै विपक्षी दलका सांसद हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

कोशीमा गठबन्धनका पक्षमा बहुमत पुर्‍याउन सभामुखले राजीनामा दिएका थिए। सभामुखले राजीनामा दिइसकेपछि उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने थियो।

तर विश्वासको मत लिन दिन उपसभामुख बिरामीको बहानामा काठमाडौं आएकी थिइन्। त्यसपछि ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने थियो। तर ज्येष्ठ सदस्य सबैलाई बिदामा राखेर विपक्षी दलले सत्ता पक्षलाई नै सभाध्यक्षता गर्न बाध्य बनाएका थिए।

सत्ता पक्षका सांसदले आफैँ सभाध्यक्षता गरेर विश्वासको मत पनि दिएका थिए। त्यसविरुद्ध पूर्व मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन्। उनले उद्धव थापालाई मुख्यमन्त्रीबाट हटाएर आफूलाई मुख्यमन्त्रीको शपथ गराउन निवेदनमा माग गरेका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए। उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिँदै आवश्यक बहुमत ४७ पुर्‍याइएको थियो।

यसविरुद्ध एमाले प्रदेश संसदीय दलका नेता कार्कीले यही भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्। तर उनले उपसभामुखलाई भने विपक्षी बनाएका छैनन्। उपसभामुख उनकै दलकी सिर्जना दनुवार हुन्।

सम्बन्धित समाचार

सार्वजानिक गाडी दुरूपयोग गरेको भन्दै कानेपोखरीमा स्थानीयको विरोध

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार...

भारतबाट नेपालतर्फ हुने अवैध आयात बन्द गर्न विराटनगरका उद्योगी/व्यवसायीको माग

विराटनगर, १७ फागुन । विराटनगरका उद्योगी व्यवसायीले खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट नेपाल तर्फ हुने अबैध आयात नियन्त्रण गर्न माग गरेका छन् । सोमबार विराटनगरमा बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई स्वागत गर्दै विराटनगरका...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर, ९ पुस-धनकुटामा बसको ठक्रबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको हो । बिहिबार बिहान धनकुटा–७ जिरो प्वाईन्टमा को...

जनकपुरमा पनि कांग्रेस कार्यकर्ताको अनसन शुरू

जनकपुर, ७ साउन । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै काठमाडौंस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका पूर्वसांसद चन्द्रमोहन यादवको समर्थनमा जनकपुरमा पनि रिले अनसन शुरू भएको छ । कांग्रेस नेता नबलकिशोर यादवको अध्यक्षतामा...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि 

विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...

मुस्लिम आयोगले भन्यो : मस्जिद र मदरसामा जमाती लुकेका छैनन्

मस्जिद र मदरसामा जमाती लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ । आइतबार मुस्लिम आयोगको कार्यालयमा भएको सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसामा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो । आयोगका अध्यक्ष समिम मिया अन्सारीले...

विराटनगरमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि आज विहान मृत फेला परेकी थिइन् । मृतक महिला विराटनगर बसपार्कमा बस्दै आएकी ३३ वर्षीया बन्दना मगर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्