एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन : ओली

 न्यूज विराट
एमसीसी सम्झौताबारे १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ छैन : ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए। अध्यक्ष ओलीले एमसीसीलाई नेपालको संसदले अनुमोदन गरिसकेकाले कार्यान्वयनमा जाने बताए।

‘संसद्ले‍ अनुमोदन गरेको कुरा अब कार्यान्वयनमा जान्छ’, ओलीले भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो।’

ओलीले एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप पनि लगाए। तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई ढाँटेको आरोप पनि उनले लगाए। ओलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम भने लिएनन्।

‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो। प्रभाव पारेर पास गराउने गलत बाटोमा जानुभयो,’ ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छरु हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर त्यसो भएन।’

अमेरिकाले पहिले नै १२ बुँदेबारे आफूहरुलाई सरोकार नभएको जवाफ दिइसकेको पनि ओलीले दाबी गरे।

मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको टिप्पणी बनाउने(नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी मागिने उल्लेख गरेका थिए।

बुधबारदेखि नै एमसीसी कार्यान्वयनमा जाँदैछ। त्यसकै लागि एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आएका छन् । ओली सिराहाको विष्णुपुरमा बुधबार राखिएको पार्टीको सचिवालय बैठकमा जान आएका हुन् ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

भुल्केको जनजीवन कष्टकर बन्दै, नुन पनि सकियाे

उदयपुर, बैशाख १३-भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन २ हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

देशभर २४ घण्टामा थपिए ६ सय ३८ संक्रमित

काठमाडौं, २७ साउन-देशभर गत २४ घण्टाको अवधिमा ६ सय ३८ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको...

लागु औषधि नियन्त्रण दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर, १२ असार । युवाहरुलाई लागु पदार्थ दूव्यर्वसनीबाट जोगाउने सभ्य एवं सक्षम नागरिक बनाउने अभियान अन्तर्गत आज यहाँ प्रभातफेरीको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालय मोरङ, रिकभरी नेपाल लगायत विभित्र सङ्घसस्थाहरुद्वारा संयुक्त रुपमा आयोजित ३५...

अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाख (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय...

डलर सस्तो मूल्यमा दिने भन्दै १० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, १९ असोज-अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा १० लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्