नवजात शिशु बेचेको घटनामा नर्ससहित थप चार जना पक्राउ

 न्यूज विराट
नवजात शिशु बेचेको घटनामा नर्ससहित थप चार जना पक्राउ

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु बेचेको घटनामा संलग्न थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका नर्स र पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको हो ।

थप पक्राउ पर्नेमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया नर्स सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्ने मध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकत्सकका सहयोगी निर्मला लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधा मार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने निस्सन्तान राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर कर्णले अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् ।

सम्बन्धित समाचार

बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।...

डेकेन्द्र पत्रकारिता पुरस्कार शाहीलाई

दैलेख, १ बैशाख-जिल्लाको पहिलो पत्रिका ‘धमाका’ले डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नमन शाहीलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालीन द्वन्द्वका समयमा हत्यापछि शव बेपत्ता पारिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन्सँगै परिवारलाई न्याय...

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

सुनसरी जलमग्‍न, २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई...

लकडाउनमा राम नवमी

भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म...

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्