डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

 न्यूज विराट
डाक्टर तपेश्वरलाल कर्णले पाँच लाख लिएर शिशु बेचेको खुलासा

विराटनगर । कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ ।

अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको नवजात शिशु डाक्टर कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका – २ आदर्श टोलकी दिलमाया राजवंशीलाई नवजात शिशु बेचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । विवाह भएको एक दशक वितिसक्दा पनि दिमायाको छोरा –बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘डाक्टर कर्णले पाँच लाख रूपैयाँ लिएका छन् । दुई लाख रुपैयाँ हस्पिटलमा उपचारमा खर्च भएको दिमायाले प्रहरीलाई बयानको क्रममा बताएकी छिन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए ।

विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् । नवजात शिशु किन्ने राजजवंशीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शिशु बेच्ने डाक्टर कर्ण र शिशुका बावु यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रहरीले डा. कर्णले यसअघि पनि शिशु विक्री गरेको सूचना आएको भन्दै थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘डाक्टर कर्णले अरु पनि नवजात शिशु बेचेको सूचना आएको छ,’ उनले भने, ‘त्यस विषयमा पनि हामीले अनुसन्धान सुरू गरेका छौं । कति नवजात शिशुहरु डाक्टर कर्णले बचेको छन् भन्ने अनुसन्धान गर्दैछौं ।’

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ । कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । अविवाहित जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । राई शिशु जन्म दिने महिलाका प्रेमी हुन् ।

सम्बन्धित समाचार

राजेश दाइमाथि प्रश्न गर्ने मेरो हैसियत थिएन : दीपाश्री

काठमाडौं, १८ असार-केही दिनदेखि कलाकार तथा निर्देशक दीपाश्री निरौला निकै विवादित बनिरहेकी छन् । राजेश हमालको 'महानायक' उपाधिमा प्रश्न गरेपछि उनी विवादमा मुछिएकी थिइन् । दीपाश्रीको यस अभिव्यक्तिपछि राजेशका शुभचिन्तकहरू निकै आक्रोशित बनेका थिए ।...

विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

गौतम बुद्ध स्कुलले मनायो ४४ औं वार्षिक उत्सव

विराटनगर । विराटनगर – १६ रानीमा रहेको गौतम बुद्ध स्कुलले छैटौं फन फिष्टा तथा ४४ औं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । स्कुल परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी फन फिष्टा तथा वार्षिक उत्सवमा विभिन्न...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने

काठमाडौं, १ असार-कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरूको निगरानी भने गरिने छ...

‘नटवरलाल उमेश विश्वकर्मा’: नक्कली र फर्जि बिल भरपाई पेश, कार्यक्रम नगरि बजेट झ्वाम

विराटनगर, असार १३। किर्ते, आर्थिक अनियमितता, राजश्व छली, फर्जि साधारणसभा लगायतको आरोप लागेका उमेश विश्वकर्माका विषयमा अर्को सनसनीपूर्ण खुलासा भएको छ । बैधानिक रुपमा साधारणसभा नगरि फर्जि साधारणसभाबाट मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्