कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

 न्यूज विराट
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा आफ्ना ज्येष्ठ सांसद जति सबैलाई एमाले र राप्रपाले अनुपस्थित गराउने भएका छन्।

प्रदेश सभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्।

‘एमाले र राप्रपाका ज्येष्ठ सात जना सदस्यहरूले भोलि आउन नसक्ने जानकारी प्रदेश सभालाई दिनुभएको छ’, सचिवालयका एक कर्मचारीले भने, ‘उहाँहरुले बैठकमा आउन नसक्ने बताउनु भएको छ।’

प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन्।

प्रदेश सभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा अनुपस्थित हुने भएका हुन्। प्रदेशसभामा सभामुख र उपसभामुखको नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ।

तर उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ। तर प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवसथमा भने जेष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ।

एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारको राजीनामाको संभावना देखिएको छ। एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराएका छन्।

कोशीमा यसअघि सरकार बनाउन सभामुखको हस्ताक्षर प्रयोग गरेको, सभामुखलाई राजीनामा दिन लगाएको र प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्री बनाएको थियो। अहिले एमाले र राप्रपाले उपसभामुखदेखि ज्येष्ठ सदस्यसम्मलाई अनुपस्थित गराउने भएको छ।

केन्द्रमा निरन्तर सदन अवरोध गरेर आलोचनाको केन्द्रमा पर्दै आएको मुख्य विपक्षी एमालेको भूमिका कोशी प्रदेशमा कस्तो हुनेछ भन्ने आशंका केही दिनयता विराटनगरमा व्याप्त थियो। अन्ततः त्यही शंकालाई प्रमाणित गर्दै एमाले र राप्रपाले सत्ता पक्षलाई विश्वासको मत लिन नदिने, लिए पनि संख्या पुग्न नदिने बाटो समातेका छन्। मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने तयारी गरेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिनका निम्ति उपसभामुख सृजना दनुवार आफैले डाकेको बैठक चल्ने–नचल्ने विषय भने अनिश्चित नै थियो। मुख्यमन्त्री थापासहित प्रदेश सत्ता गठबन्धनका बहुसंख्यक नेताहरु प्रदेश सभा बैठक सजिलै चल्छ कि चल्दैन भन्ने चिन्ताले पिरोलिएका थिए। यद्यपि गठबन्धनका नेताहरु यो अवस्थाले एमालेको संसदीय प्रतिबद्धताको परीक्षण हुने पनि बताइरहेका थिए।

‘एमालेले केन्द्रमा जस्तै संसद् छल्ने, उपसभामुख अनुपस्थित गराउने अथवा आफ्ना पक्षका ज्येष्ठ सदस्यहरुलाई अनुपस्थित गराउने खेल खेल्छ कि नियमित संसदीय अभ्यासलाई निरन्तरता दिन्छ त्यसको परीक्षण सोमबार विराटनगरमा हुनेछ’ सत्ता गठबन्धनका एक नेताले भने ‘एमाले आफ्नो भागमा आइपरेको संवैधानिक जिम्मेवारीप्रति इमान्दार रह्यो भने सदन चल्छ। अन्यथा नचल्न पनि सक्छ।’

पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता हिक्मत कार्की सत्ता पक्षले सरकार टिकाउन सभामुखलाई राजीनामा गराएको भन्दै निरन्तर रोष प्रकट गरिरहेका छन्।

‘सत्ता पक्षले कल, बल, छल सबै हत्कण्डा प्रयोग गरिरहेको छ, एमाले विधि र पद्धतिबाहिर जाँदैन’, उनले भने ‘एमाले संसदीय विधि अनुसार अघि बढ्छ।’

नेता कार्कीले एमाले सदन अवरोध निम्तिने कुनै काम नगर्ने बताइरहेका बेला ज्येष्ठ सदस्य जतिलाई अनुपस्थित गराउने काम एमाले र राप्रपाले गरेका छन्। कोशी प्रदेश सभा यतिबेला सभामुखविहीन छ। सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुर्याउनकै लागि तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई मन्त्री बनाएको छ।

त्यसयता उपसभामुख सृजना दनुवार नै सभामुखको भूमिकामा छन्। उपसभामुख दनुवार मुख्य विपक्षी एमालेबाट निर्वाचित सांसद हुन्। सत्ता गठबन्धनलाई सजिलै सरकार टिकाइरहने वातावरण बनाउन उपसभामुख सहयोगी नबन्ने त्रास मुख्यमन्त्रीलाई थियो। मुख्यमन्त्री थापाले आफूले विश्वासको मत लिन चाहेको सूचना शुक्रबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट थप २४६ जनाले ज्यान गुमाए

नेपालमा कोरोना भाइरसको संक्रमण थप २४६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालकका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना थप २४६ संक्रमितको मृत्यु भएको जानकारी दिए ।  योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको...

युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ

धनगढी, २८ वैशाख-धनगढीमा युवतीको अश्लील भिडियो सार्वजनिक गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवक पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी आत्महत्या दुरुत्सानको आरोपमा पक्राउ परेको कैलालीका प्रवक्ता प्रहरी...

कोशी प्रदेश सरकारले सर्वोच्चमा पठायो लिखित जवाफ, अर्को पेशी साउन ७ गते

विराटनगर । कोशी प्रदेश सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीले महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतम विरुद्ध परेको...

३ जिल्लामा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्दै

काठमाडौं, २४ साउन-आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा १ महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

लकडाउन थप प्रभावकारी बनाइने

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्