प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

 न्यूज विराट
प्रदेश सभा बैठक, भ्रष्टचार र अनियमितताको छानविन गरिनुपर्ने माग

विराटनगर । कोशी प्रदेशसभाको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले भ्रष्टचार र अनियमिततामा छानविन गरिनुपर्ने माग राखेका छन् । शुक्रबार बसेको प्रदेशभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
शुन्य समयमा प्रदेश सभा सदस्य गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । ‘प्रदेशमा भएको भ्रष्टाचार र अनियमितताको विषयमा पनि भ्रष्टाचार विरुद्धको अभियान प्रारम्भ गर्न माग गर्दछु,’ उनले भने । उनले पहिचानवादीसँग वार्ता गर्न यसअघिको सरकारले वार्ता समिति गठन गरेको र सरकार परिवर्तनसँगै त्यो समिति पनि निष्क्रिय भएको अवस्थामा अहिलेको सरकारले वार्ता समिति बनाउन किन ढिला गरेको भन्ने प्रश्नसमेत गरे ।

‘कांग्रेसका १४ वटै जिल्ला सभापतिले नामकरणको सवालमा पुनर्विचार गर्न माग गरेको र माओवादी केन्द्रले पनि प्रदेश समिति, केन्द्रको बैठकले पनि बहुपहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने निर्णय गरिसकेको हुँदा सोही अनुसार वार्तासमिति बनाएर छलफल अगाडि बढाउनु पर्दछ,’ शेर्पाले भने ।

सांसद छविलाल चुँडालले प्रादेशिक अस्पताल भद्रपुरमा नयाँ भवन बन्न नपाइ भत्किएको, बालरोग विशेषज्ञ नरहेको बताउँदै यथोचित व्यवस्थापन गर्न माग गरे । उनले कर्मचारीको अभाव पनि रहेको बताउँदै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगेनसिंह हाङ्गामले भूमिहीन र सुकुमवासीहरु वनको जग्गामा बसिरहेको हुँदा ऐन संशोधन गरेर उनीहरुलाई जग्गाको व्यवस्था गर्न माग गरे ।

सांसद निरादेवी खनालले प्राकृतिक प्रकोप, बाढी पहिरो, नियन्त्रणको लागि दीर्घकालिन कदम चाल्नुपर्ने, विस्थापितको व्यवस्थापन गर्नुपर्ने, सम्भावित खाद्यान्न अभावको अवस्थालाई टार्न उचित व्यवस्थापन गर्नुपर्ने माग गरिन् ।

सांसद ममता तामाङ मगरले डेंगुको नियन्त्रणमा सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । उनले सुनसरीको क्षेत्र नम्बर १ मा डेंगु प्रभावित क्षेत्रको पहिचान गरी नियन्त्रणको अभियान चलाउने र उपचारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । उनले बराहक्षेत्रमा रहेको बाघखोलामा पुल नभएको भन्दै जनताले सास्ती भोग्नु परेको बताइन् ।

सांसद रमेशकुमार बस्नेतले पनि धरानमा डेंगु नियन्त्रण बाहिर गइसकेको भन्दै १२ हजार बढीमा डेंगु देखिएको र धरानका विद्यालय बन्द भएको, कार्यालय बन्द भएको अवस्था रहेको जानकारी दिए । उनले धरानलाई जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरियोस् भनेर संघीय सरकारलाई पत्र पठाउँदा पनि तीनै तहको सरकारले बेवास्ता गरिरहेको बताए । धरानमा एकीकृत र समन्वयात्मक काम नहुँदा आपतकालीन अवस्था घोषणा गरेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद विदुरकुमार लिङ्थेपले असार २ गतेको बाढी पहिरोमा परी बेपत्ता भएका १८ जनालाई मृतक घोषणा गर्न माग गरे । उनले बाढी पहिरोले सडकका पुल, विद्युत गृहमा ठूलो क्षति भएको, मानिसहरु विस्थापित भएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न माग गरे ।

यस्तै संखुवासभाको खाँदबारी कारागारमा कैदी बन्दीलाई हत्या गर्नेको उचित छानबिन गरी कारबाहीको मागसमेत उनले गरे । सांसद सदानन्द मण्डलले सुनसरी बराह नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कोशी कटानले ४३ घर परिवार बिचल्ली बनाएको बताए । उनले उनीहरुको पुनःस्थापनाका लागि भारतसँग वार्ता गरेर उचित व्यवस्थापन गर्नुपर्ने माग गरे ।

आफ्नो क्षेत्रमा पनि ८० प्रतिशतभन्दा बढी मानिस डेंगुबाट प्रभावित भएको भन्दै उनले नियन्त्रणको पहल गर्न माग गरे । यस्तै सांसदहरु सपना दर्जी, गोपाल तामाङ र उमाकान्त गौतमले पनि शून्य समयमा विभिन्न विषय उठान गरेका थिए ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...

अब आयस्रोत नखुलाई लगानी गर्न पाउने सुविधा, अन्तर्राष्ट्रिय निकायले नेपाललाई कालोसूचीमा राख्ने जोखिम

काठमाडौं, ३ असोज । सरकारले आयस्रोत नखुलाई लगानी गर्न पाइने व्यवस्था गरेपछि सम्पत्ति शुद्धीकरणविरुद्धको मामिलामा काम गर्ने सरकारी निकायका अधिकारीले नै विरोध गरेका छन् । तीन वर्षअघि नै विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन...

सहकारीको नाममा मिटरब्याजको धन्दा !

विराटनगर । विराटनगरमा सहकारीको नाममा लगानी गरेर मिटरब्याज धन्दा चलाउने गरेको पाइएको छ । अचल सम्पत्ति सहकारीको नाममा धितो राखेर व्यक्तिगतरुपमा करोडौं लगानी गर्ने र मिटरब्याज असुलीको धन्दा चलाउने काममा सक्रिय रहेको गुनासो मंगलबार सार्वजनिक भएको...

मोरङ कारागारमा बन्दीको शंकास्पद मृत्यु प्रकरण, चार सदस्यीय छानविन समिति गठन

विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...

धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे...

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा वृक्षारोपण (फोटो फिचरसहित)

विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्