कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

 न्यूज विराट
कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अहिले अस्पताल परिसर भित्र नाराबाजी गर्दै छन् । मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएका छन् । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, छानबिन टोली गठन गरी दोषी उपर कारबाही हुनुपर्नेलगायतका माग राख्दै नाराबाजी गर्दै छन् ।

यता अस्पताल प्रशासनबाट आधिकारिक धारणा आउने बाँकी रहेको छ । के कारणले बिरामीको मृत्यु भयो यस विषयमा अस्पताल प्रशासनले उपचारमा संलग्न चिकित्सकसँग बुझेर यथार्थ सार्वजनिक गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

काठमाडौं, २३ असोज-नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो । आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा...

‘निशान छापमा वास्तविक सीमा मिलाउन मात्रै संविधान संशोधन’

काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...

राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...

होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा

ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ । अब भने...

कांग्रेस नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौं, १३ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरूबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा...

परीक्षणको दायरा बढाउन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...

आज विराटनगरमा १३७ कोरोना संक्रमित थपिए

विराटनगर २ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्