संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

 न्यूज विराट
संखुवासभामा कैदी मृत्यु प्रकरणको प्रतिवेदन सार्वजानिक , सुरक्षाकर्मीको चरम यातनाबाट दुई जना कैदीको मृत्यु

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका – १ स्थित जिल्ला कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै चरम यातना दिएपछि मृत्यु भएको अनुगमन टोलीले दावीसहितको स्थलगत अध्ययन प्रतिवेदन सार्वजानिक गरेको छ ।

साउन २४ गते विहान १ः ३० बजे कैदी संखुवासभाकै मादी नगरपालिका १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ घर भइ संखुवासभाको मादी ५ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेका उनीहरुको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भनिएको थियो । उक्त घटनाबारे विभिन्न सरकारी टोलीले छानबिन गरिरहेका छन् । दुई कैदीको मृत्यु भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले साउन २६ गतेदेखि स्थलगत अनुगमन गरेको थियो । दुई दिन लगाएर गरेको अनुगमनको क्रममा राज्यका निकायले जिम्मेवारी बहन नगर्दा कैदीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेकले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि यस्तो निष्कर्ष सुनाएको हो । इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापाको नेतृत्वमा ४ सदस्यीय स्थलगत अध्ययन टोली बनेको थियो ।

राज्यको नियन्त्रणमा रहेका र राज्यको सुरक्षा गृहभित्र कैदीको कुटपिट गरी हत्या गरिनु गम्भीर मानव अधिकार उल्लङ्घन भएको इन्सेकको निष्कर्ष छ । कैदी भाग्न खोजेको आरोपमा चरम यातना दिनु, कैदीबन्दीको प्रशासनलाई बुझाउन, तत्काल उपचारका लागि अस्पताल नलैजानु, अन्तिम अवस्थामा अस्पताल लैजानु, पीडित परिवारलाई समयमा जानकारी नगराउनु जस्ता कार्यले राज्यका निकायले उपयुक्त जिम्मेवारी वहन नगरेको इन्सेकको निष्कर्ष रहेको संयोजक सोमराज थापाले जानकारी दिए ।

ईन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउनु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नु पर्ने लगायतका ८ वटा सुझाव दिएको छ ।
जसमा घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानविन गर्नुपर्ने, कारागारको आन्तरिक प्रशासनका नियम कानुन मानव अधिकारमैत्री बनाउनु पर्ने, देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी छन् जसका कारण कैदीबन्दीको मानव अधिकारको गम्भीर उल्लङ्घन भएका छन् यस विषयमा ध्यान पुऱ्याउनु पर्ने, कारागारमा स्रोत साधनको उचित व्यवस्था गर्नु पर्ने र कागजमा सीमित खुला कारागारको अवधारणा कार्यान्वयन गर्नु पर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

लकडाउनमा राम नवमी

भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म...

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिलवाल निर्वाचित

विराटनगर, ६ माघ । नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले...

यति एयरलाइन्सको जहाज विमान विराटनगर विमानस्थलमै रोकियो

विराटनगर, १३ साउन । उड्न लागेको विमानमा समस्या देखिएपछि यति एयरलाइन्सको जहाज विराटनगर विमानस्थलमै रोकिएको छ । आज विहान साढे सात बजेतिर ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लाग्दा जहाजमा खराबी देखिएपछि जहाज विमानस्थलमै...

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...

२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

काठमाडौं, २५ जेठ-नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर...

विराटनगरको मेयरका लागि नागेश कोइरालाले गराए उम्मेदवारी दर्ता

विराटनगर, १२ वैशाख । विराटटनगरको मेयरका लागि पाँच दलिय गठबन्धनको तर्फबाट नागेश कोइरालाले उम्मेदवारी दिएका छन् । सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा गठबन्धनको तर्फबाट उपेन्द्र यादवका...

अध्यादेश ल्याउनु गम्भीर : प्रचण्ड, दुई अध्यक्षले टुंगो लगाउनुस् : नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित निवासमा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको भेटमा प्रचण्डले अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदम गलत भएको बताएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्