संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

 न्यूज विराट
संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

विराकटनगर । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई आइतबार पक्राउ गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

‘मृतकका आफन्तले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकको नाममा किटानी जाहेरी परेपछि उनीहरुलाई नियनत्रणमा लिएको हो,’ उनले भने । पक्राउ परेका दुवै जनालाई आइतबारबाट लागू हुने गरी अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बुधबार कुटपिटबाट दुई कैदीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले पीडितले दिएको जाहेरीको आधारमा कारागारमा भएको कैदी मृत्युको घटनामा संलग्नमाथि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।

मादी नगरपालिका–५ का प्रकाश तोलांगीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मी लगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पनि पीडित पक्षले कुटपिटमा संलग्न १० जना प्रहरीको नाम सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

प्रहरीले पनि विज्ञप्ती जारी गरेर झ्याल काटेर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट कुटपिट भएको स्वीकारेको छ । कुटपिटबाट संखुवासभाका विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

कोसी नदी तटबन्धमा युवक मृत फेला

सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा आज बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा सो युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय...

धरानमा दोस्रो कोशी प्रदेश गल्फ प्रतियोगिता हुँदै

विराटनगर । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा कोशी प्रदेश खुला गल्फ प्रतियोगिता हुने भएको छ। सुनसरी स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा वैशाख १३ गते दोस्रो संस्करणको कोशी...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

पूसोम कलेजले गर्यो २१ औं ब्याचको विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – २ मा रहेको पूर्वाञ्चल विश्व विद्यालय स्कूल अफ मेनेजमेन्ट (पूसोम)ले विविए संकायका २१ औं ब्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विविएको आठौ सेमेस्टरका १...

हप्तौँ पछि इटाली र फ्रान्समा देखियो आशाको सङ्केत

एजेन्सी, बैशाख ८-कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली र फ्रान्समा हप्तौँ पछि मृत्यु हुनेको संख्यामा कमी आएको छ ।फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ९५ नयाँ घटना दर्ता भएका छन्, जसमध्ये २ सय २७...

सकियो वडा स्तरीय फुटबल प्रतियोगिता, विराटनगर ११ लाई उपाधि

विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगर १२ नं.वडालाई ६– ३ गोलले हराउँदै विराटनगर ११ ले उपाधि जितेको...

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक...

अघिअघि टेलिकम, पछिपछि एनसेल

कोरोना विषाणुको सङ्क्रमणबाट सतर्क रहन सन्देश प्रवाह होस् अथवा बन्दाबन्दीले घरभित्रै बस्न बाध्य भएको बेला नयाँनयाँ प्याक सुविधा उपलब्ध गराउन होस् देशका मुख्य दूरसञ्चार सेवा प्रदायक यतिबेला सक्रिय देखिन्छन् । कोरोनाका सम्भावित सङ्क्रमित पहिचान गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्