एलपी ग्याँस विक्रेता संघ मोरङको १५ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न

 न्यूज विराट
एलपी ग्याँस विक्रेता संघ मोरङको १५ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न

विराटनगर । एलपी ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५ औँ साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एलपी ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश कुमार साहको सभापतित्वमा सम्पन्न भचएको हो ।
कार्यक्रममा संयोजक सुनिल बोहोरा, केन्द्रिय अध्यक्ष चन्द्र बहादुर थापा प्रमुख आतिथी, अतिथीहरु प्रदेश अध्यक्ष सरल राज पोखरेल, पुर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष बिरेन्द्र कार्की, पुर्व जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी, सल्लाहकार ज्ञानेन्द्र ओली, सन्तोष रौनियार, मणिलाल श्रेष्ठ, प्रदीप खनाल, पुर्व केन्द्रीय सदस्य राजेश निरौलाको उपस्थिती रहेको थियो ।
अधिवेशनमा अध्यक्ष गणेश कुमार साहले कार्यप्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता सिग्देल भट्टराईले प्रस्तुत गरिन् । कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष थापाले ग्यास डिलर प्रमाणीकरण, लागतको हिसाबले कमिसन वृद्धि हुनुपर्ने बताउँदै त्यसका लागि नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पहल गरिरहेको बताए ।
उनले उपभोक्ता सचेतना कार्यक्रमको लागि पनि पहल गरिरहेको बताए । कार्यक्रम संचालन सह–सचिव रामकृष्ण खड्काले गरेका थिए ।
स्वागत मन्तव्य कार्यक्रम संयोजक सुनिल बोहोराले गरे । सो अवसरमा बेदेन्द्र श्रेष्ठले ग्यास व्यवसायहरुको समस्याहरुको बारेमा बताएका थिए ।
प्रदेश अध्यक्ष पोखरेलले व्यवसायीहरु फुटेर नभई जुटेर अगाडि बढनुपर्ने बताए । अधिवेशनबाट सर्वसम्म २२ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
नयाँ कार्य समितिको अध्यक्षमा सुनिल बोहोरा सर्वसम्मत निर्वाचित भएका छन् । जसमध्ये २ जना पछि मनोनीत हुनेछन् । नव निर्वाचितहरु वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ ,प्रथम उपाध्यक्ष कल्पना गौतम, द्वितीय उपाध्यक्ष सुधिर यादव, तृतीय उपाध्यक्ष रामकृष्ण खड्का, सचिव बेदेन्द्र श्रेष्ठ ,सहसचिवमा लक्ष्मी दाहाल, कोषाध्यक्षमा प्रभा घिमिरे तिम्सिना चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिलिप अग्रवाल, रमेश खड्का, आनन्द राज भण्डारी, बिष्णु प्रसाद भण्डारी, गौरी गुप्ता, हरिराज प्याकुरेल, नन्द कुमार दाहाल, मोति बहादुर मगर, मोहन प्रसाद दाहाल, धारणा खड्का, जितराज घिमिरे र गोपाल बस्नेत लगायत चयन भएका छन् ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

आज ३ अन्तर्राष्ट्रिय कार्गो उडान, चीन र यूएईबाट सामान ल्याइँदै

काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...

थप ३ जनामा कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

वीरगञ्ज, १७ वैशाख-नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो । आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

प्रदेश १ मा आज १०२ जना नयाँ संक्रमित थपिए

विराटनगर, ६ भदौ-प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ सय नजिक पुगेको छ । शनिबार एक सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई हजार पाँच सय ८९ पुगेको हो । शनिबार ३७...

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो ।कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री...

श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्