एक्ली नारी, मेयरलाई भारी

 न्यूज विराट
एक्ली नारी, मेयरलाई भारी

विराटनगर । एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई साउन १५ गते प्रहरी मार्फत पक्राउ गरेर मुद्दा चलाउन लगाएपछि उनी भारी परेकी हुन् ।

आफूलाई शुसासनको अभियन्ता बताउँदै भ्रष्टाचार र कुशासनको विरोधमा पनि एक्लै धर्ना बस्दै आएकी इन्दिरालाई थुनाएपछि मेयर कोइरालाको चौतर्फी आलोचना भैरहेको छ । इन्दिराले गर्दा आफूले मूलगेटबाट कार्यालय जान नपाएको, कामकाजमा बाधा पुगेकोे, आफूलाई निरन्तर धाकधम्कीपूर्ण एसएमएस पठाउने गरेको र देख्नेवित्तिकै गालीगलौज गरेर थुक्ने गरेकोले बाध्य भएर पक्राउ गर्नुपरेको उनको दाबी छ ।

यता इन्दिरा पक्राउ परेको बिषयमा विराटनगरका सुकिलामुकिला अधिकारकर्मीहरूले मौनता साँधेका छन् । मानव अधिकारकर्मीहरू समेत चुप छन् । केहीले इन्दिरालाई मनोरोगी पनि भन्ने गरेका छन् । तर मनोरोगी हो भने अस्पताल भर्ना गरेर उपचार गराउनु पर्नेमा उल्टो प्रहरी खोरमा थुनाएर मेयरले अत्याचार गरेको भन्दै विरोध पनि भैरहेको छ ।

साउन १५ गते धर्नास्थलबाटै पक्राउ गरेकी इन्दिरालाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखिएको छ । पहिले ७ दिन र सोमवार फेरि ८ दिनको म्याद थप गरिएको छ । ७ दिनको म्याद सकिएपछि माफी मागेमा छाडिदिने भनिएको थियो ।

२०७१ सालमा विराटनगरको बरगाछीस्थित गोग्राह माविको सर्वसम्मत अध्यक्ष चयन भएकी थिइन् । त्यो बेला उनी भ्रष्टाचार छानविन गराउन अख्तियार समेत पुगेकी थिइन् । अनसन पनि बसेकी थिइन् । भ्रष्टाचारको विरोध गर्दा तात्कालिन प्राचार्य बलबहादुर भुजेलले गालीगलौज गरेपछि अदालत गुहारेर एक सय रुपैया क्षतिपूर्ति पनि भराइन् । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट हटेपछि निरन्तर सुशासनको पक्षमा हातमा नेपालको झण्डा र टाउकोमा रातो फेटा बाँधेर प्रदर्शन गर्दै आएकी थिइन् ।

पछिल्लो समय महानगरमार्फत सञ्चालित गोग्राह माविकै संरचना प्रयोग गरेर निजी कलेज चलिरहेको र त्यसलाई महानगरले सामुदायिक भनेर हरेक बर्ष बजेट उपलब्ध गराउँदै आएको भन्दै इन्दिरा प्रदर्शनमा उत्रिएकी हुन् । भाडाको कोठामा बस्दै आएकी इन्दिराका श्रीमान निजी स्कूलको बस कुदाउँछन् । एक छोरी उच्च शिक्षा पढदैछिन् । पहिले जनसाँस्कृतिक संघ मोरङको सदस्यसमेत रहेकी इन्दिरा कविका रुपमा पनि चिनिन्थिन् । आजकल आफू बसोवास गर्ने महानगरको ५ नम्बर वडा कार्यालयमा सामान्य लेखापढिको काम पनि गर्छिन् ।

सम्बन्धित समाचार

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

कोरोना संक्रमण रोकथामका लागि मुख्यमन्त्री राईलाई ध्यानाकर्षण

विराटनगर, भाद्र १२–दक्षिणी मोरङका ६ वटा स्थानीय तहका प्रमुखहरुले कोरोना भाईरसको संक्रमण रोकथामका विषयमा प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको ध्यानाकर्षण गराएका छन् । मोरङको रत्ुवामाई,सुनवर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकाका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न

विराटनगर, २१ असार । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विषेश समारोहकाबिच वर्ष २०२२–२३ का पदाधिकारी र सदस्यहरुलाई पदस्थापन गराइएको हो । रोटरी...

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना

काठमाडौं, ३१ जेठ-दैलेखमा २० महिने बालकसहित २२ जनाले कोरोना जितेका छन् । जिल्लाको सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन्  । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना...

सरकारी जागिरको प्रलोभन दिइ १५ लाख रुपैयाँ ठग्‍ने पक्राउ

जागिरको प्रलोभनमा पारेर १५ लाख ठग्ने व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने निलम भट्टराई प्रहरीको फन्दामा परेका हुन् । महानगरीय अपराध महाशाखाले झापा सुरुङ्गा कनकाई नगरपालिका–३ घर...

रुसमा तयार भएको कोरोना भ्याक्सिन स्वास्थ्य मन्त्रालयद्धारा स्वीकृत

मस्को, साउन २७–रुसले विश्वको पहिलो कोरोना भ्याक्सिनलाई स्वीकृत गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिनलाई स्वीकृत गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मस्कोको गामालेया इन्ष्टिच्युटले तयार गरेको कोरोना...

हलेसी मन्दिरमा एक महिनामा साढे ५ लाख भेटी संकलन

खोटाङ, २३ पुस-महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा साढे ५ लाखभन्दा बढी भेटी संकलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दु, बौद्ध र किराँत धर्माबलम्बीको...

काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, ७ असार-कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरू २ सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्