विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

 न्यूज विराट
विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ ।

सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अर्भद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

विराटनगरका मेयर नागेश कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । महानगरको मेयरबाट उजुरी आएपछि विराटनगर ५ निवासी चापागाईंलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ ।

विराटनगर बरगाछीमा रहेको गोग्राहा माध्यमिक विद्यालयको सञ्चालक समितिको पूर्वअध्यक्ष रहेकी चापागाईं विद्यालय सुधारका लागि भन्दै विराटनगर महानगरपालिकाको कार्यालय अगाडि धर्ना बस्ने गरेकी थिइन् । गत जेठदेखि महानगर गेटमा एक्लै विरोध जनाइरहेकी उनलाई मेयर नागेश कोइरालाको निर्देशनमा प्रहरीमा उजुरी दिएर पक्राउ गरिएको हो ।

महानगरले निजी स्रोतबाट सञ्चालन भएको गोग्राहा कलेजलाई ५ लाख रुपैयाँ बजेट निकासा गरेको भन्दै चापागाईंले विरोध गर्दै आएकी छन् । उनले सो रकम फिर्ता गरी स्कूलबाट कलेज हटाउन माग गरेकी छन् ।

गोग्राह स्कुलको संरचनामा पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर गोग्राहा कलेज सञ्चालित छ । सुरुमा कलेज विद्यालय मातहत नै रहेकोमा पछिल्लो समय भने छुट्टै बनाइएको छ । कलेजले शिक्षा संकायतर्फ बिएडको कक्षा सञ्चालन गर्दै आएको छ ।

टाउकोमा रातो फोटा, हातमा राष्ट्रिय झण्डा र ब्यानरमा आफ्ना माग राखेर एक्लै आन्दोलनमा उत्रिएकी चापागाईंले यसअघि सुशासनका लागि प्रदेशसभा सचिवालय र प्रदेशका मन्त्रालयमा पनि एक्लै धर्ना दिएकी थिइन् । निरन्तर एक्लै आन्दोलनमा होमिएकी उनलाई ‘मनोरोगी’ को आरोप पनि लाग्ने गरेको छ।

महानगरको उजुरीको आधारमा चापागाईंलाई पक्राउ गरि मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेयर कोइरालामाथि अभद्र रुपमा प्रस्तुत भएकाले उनको विरुद्ध जिल्ला प्रशासन कायालयमा निवेदन दिएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले महिलालाई आफूले चिनेपनि पक्राउ परेको र मुद्दा दर्ताबारे जानकारी नभएको बताएका छन् ।

चापागाईंसँग महानगरमा आफूले छलफल गरेको भएपनि उनी अभद्र रुपमा प्रस्तुत हुने गरेको पराजुलीको आरोप छ । जायज माग राखेर विकृतिविरुद्ध शान्तपूर्ण धर्ना बस्ने र उजुरी गर्ने मौलिक अधिकार भए पनि आफूलाई महानगरले झुटो आरोपमा पक्राउ गर्न लगाएर मुद्दा दर्ता गराएको चापागाईंले बताएकी छन् । पटक–पटक नगर प्रहरी र नेपाल प्रहरीले धर्नास्थलबाट हटाउन आफूमाथि कुटपिट गरेको उनको गुनासो छ ।

सम्बन्धित समाचार

कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...

प्रदेश २ मा थप ८८ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु 

जनकपुरधाम,  १६ भदौ-प्रदेश २ मा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयकाअनुसार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जनामा...

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, १६ कात्तिक-प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार भीम आचार्यले प्रदेश...

रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...

इजरायल, यूएई र बहराइनबीच ‘ऐतिहासिक’ सम्झौता

एजेन्सी, ३१ भदौ-संयुक्त अरब इमिरेड्स (युएई) र बहराइनले ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भनेका छन् । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी...

मेडिकल कलेजले भाडा तिर्न आलटाल गरेपछि

भरतपुर, १९ असार-चितवनमा रहेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने २ करोड ५८ लाख १४ हजार ४ सय २५ रुपैयाँ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको ९ विगाह जग्गा...

थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

काठमाडौं २९ साउन-नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घन्टामा महोत्तरीका...

प्रतीक्षा र सावित्रीले जिते गल्स अन ह्विल’ प्रतियोगिताको उपाधि

विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्